कैलाली-कञ्चनपुरका यि नदीमा बाढीको सम्भावना, सचेत रहन आग्रह

महेन्द्रनगर ३ साउन ।


सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कैलाली र कञ्चनपुरमा भारी वर्षा हुने जनाएको छ ।

बिहानदेखि कैलाली र कञ्चनपुरमा वर्षा भइरहेको जनाउँदै प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्राधिकरणले कैलालीको मोहना, खुटिया र कञ्चनपुरको स्याली र चौधर नदीमन बाढी आउने अनुमान गरेको छ । साथै बाढी उच्च जोखिम रहेकाले सर्तक रहन तटिय क्षेत्रका स्थानीयलाई आग्रह गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्