प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

४ साउन, दाङ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर छन् ।

मृतकहरु भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको सो ट्याक्टरमा आठ जना सवार थिए । तीमध्ये रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्