जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्धारा बरामद गरीएका अखाद्य सामान नष्ट

महेन्द्रनगर ६ साउन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्धारा बरामद गरिएका अखाद्य वस्तु नष्ट गरिएको छ ।


मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनको समयमा नष्ट गरिएका एक लाख २० हजार मुल्य बराबर अखाद्य सामान नष्ट गरेको प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

उनका अनुसार जिल्ला प्रशासनको बजार अनुगमन समितिले बजार अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामान नष्ट गरेको हो ।


त्यस्तै बजार अनुगमन समितीका सदस्य प्रमुनिधि पन्तले लकडाउनका समयमा पसलमा राखिएका म्याद नाघेका सामान समितिले बरामद गरेको थियो ।


जिल्ला प्रशासन कार्यालयले कृष्णपुर, शुक्लाफाटा, वेदकोट र भीमदत्त नगरपालिकाका बजार क्षेत्रमा समितिले अनुगमन गरेको छ । कञ्चनपुरका सहायक जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय, जिल्लाका प्रशासन कार्यालयका अधिकृत, पत्रकार र सुरक्षाकर्मी लगायको रहोबरामा बरामद गरिएको सामान नष्ट गरिएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्