कैलाली–कञ्चनपुरमा ९५ प्रतिशत रोपाइँ सकियो


महेन्द्रनगर ९ साउन ।
कञ्चनपुरमा अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्ला ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको हो ।

ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टका अनुसार कैलाली र कञ्चनपुरमा आधा भन्दा बढी रोपाइँ सकिएको बताए । उनका अनुसार कैलाली भन्दा कञ्चनपुरमा बढी रोपाइँ सकिएको छ ।


कञ्चनपुरमा ४८ हजार हेक्टर र कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । ‘यो सिजनमा जेठको पहिलो सातादेखि नै पानि पर्न सुरु भयो ।’ ज्ञान केन्द्र प्रमुख भट्टले भने ‘समयमै मनसुन सक्रिय भएकाले आकासे भरको रोपाई पनि सुरु भईसकेको छ, अबको एक÷दुई हप्ता भित्रमा रोपाइँ सकिन्छ ।’


साथै लकडाउनका कारण किसानले रसायनिक मल प्रयाप्त मात्रामा पाउन सकेका छैन् । ज्ञान केन्द्रका प्रमुख भट्टका अनुसार लकडाउनका कारणले आपुर्तीमा समयमै हुनसकेको छैन् । ‘विगतका वर्षहरुमा अधैव रुपमा पनि भारतीय सीमाबाट रसायनिक मल आउँथ्यो ।’ उनले भने ‘यस वर्ष लकडाउनका कारण रसायनिक मलको आपुर्ती एकदमै न्युन छ ।’

त्यस्तै कैलाली र कञ्चनपुरमा प्राङ्गारी मलको प्रयोग ह्वात्तै घटेको छ । जिल्लावासीले पशुचौपाया सडकमा छोडेपछि प्राङ्गारीक मल उत्पादन हुन सकेको छैन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्