विपन्न परिवारका ३ सय ४५ जना गर्भवतीलाई पोषणयुक्त खाद्यान्न सहयोग

महेन्द्रनगर १२ साउन ।


कैलालीको गोदावरी नगरपालिकाका विपन्न परिवारका गर्भवती महिलालाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ । गोदावरी नगरपालिकाको सहकार्य तथा समन्वयमा कारितास नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ आपतकालिन पर्तिक्राय परियोजना अन्तरगत खाद्य सुरक्षा र पोषण क्रियाकलाप कार्यान्वयनका क्रममा गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो ।


निड्स नेपालका कार्यक्रम अधिकृत केशब मलासीले गत आईतबार र बुधबार (साउन ७ र ११ गते) गोदावरी नगरपालिकाका विभिन्न वडामा पोषणयुक्त खानेकुरा वितरण गरिएको बताए । उनका अनुसार निड्सले आईतबार वडा नम्बर १, ३, ५ का १८४ जना र आईतबार गोदावरीको वडा नं १०, ११ र १२ का १६१ जना गर्भवती गरी कुल जम्मा ३४५जना गर्भवती आमाहरुलाई खाद्यान्न वितरण गरिएको हो । वितरण गरिएको खाद्यान्नमा चालम, घिउँ, चना, दाल, आयोडिन नुन, केरा र अण्डा रहेको छ ।

कार्यक्रम अधिकृत मलासीका अनुसार गोदावरी नगरपालिका स्वास्थ शाखाको समन्वयमा सम्बन्धित वडाका वडाध्यक्षको र महिला स्वास्थ्य स्वयमसेविकाको उपस्थितीमा कोरोना संक्रमणको सम्भावित उच्च जोखिममा रहेका दलित, मुक्त कमैया तथा विपन्न परिवारका गर्भवती महिलालाई लक्षित गरीे कार्यक्रम सञ्चालन गरिएको हो ।


गोदावारी नगरपालिकाका–१२ का वडाध्यक्ष भीम बहादुर खड्काले कार्यक्रम एकदमै महत्वपुर्ण भएको बताए । उनले गर्भवती महिलाका लागि वितरण गरिएको खाद्यान्न पोषणयुक्त भएको बताउँदै निड्सलाई धन्यवाद दिए ।

‘निड्सले यो कार्यक्रम एकदमै राम्रो लाग्यो, वितरण गरिएको खाद्यान्न गर्भवती महिलाका लागि एकदमै पोषणयुक्त छ ।’ वडाध्यक्ष खड्काले भने ‘निड्सले यसअघि क्वारेन्टाईन र आईशोलेसनमा वितरण गरेको खाद्य सामाग्री पनी उत्कृष्ट थियो, आउँदो दिनमा पनि यस्ता कार्यक्रम आउने अपेक्षा गरेका छौँ ।’ साथै एचआईभी संक्रमित र अशक्त व्यक्ति लक्षीत कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।


त्यस्तै वडा नम्बर–११ का वडाध्यक्ष शिव बहादुर विकले पनि कार्यक्रम एकदमै प्रभावकारी रहेको बताए । उनले कारोना महामारीको संक्रमणको समयमा पनी उच्च जोखिममा रहेको गर्भवतीलाई पोषीलो खाद्यान्न विरतण गरिनु आफैमा महत्वपुर्ण कार्यक्रम भएको बताए ।


त्यस्तै स्वास्थ्य स्वयम सेविका शान्ति पालीले गर्भवती महिलाका लागि पोषणयुक्त आहार महत्वपुर्ण हुनु बताउँदै ‘गर्भवती आमाहरुलाई पोषणयुक्त खानेकुराको एकमदमै आवश्यक पर्छ’ उनले भनीन् । ‘अहिले कोरोना संक्रमणको अवस्थामा गर्भवती महिला पनि संक्रमणको उच्च जोखिममा छन्, यस्ता पोषिलो खानेकुराले निकै फाईदा गर्छ ।’

वडास्तरमै गरिएको खाद्यान्न वितरण कार्यक्रममा सम्बन्धित वडाका वडाअध्यक्ष, स्वास्थ शाखाका प्रतिनिधी, महिला स्वास्थ्य स्वयम सेविकाहरु, निड्स नेपालका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, कार्यकारी निर्देशक लगायतको सहभागीता रहेको थियो ।


निड्सकी अध्यक्ष अन्जु भट्टले कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको बताईन् । उनुसार गर्भवतीमा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो ।

यसअघि निड्सले गोदावरी नगरपालिका १२ वटै वडाका २० विभिन्न क्वारेईनटाईन र आईशोलेशनमा रहेका ४१७ व्याक्तिहरुलाई पोषणयुक्त खाजा साम्रगी सहयोग, नगरपालिकाको स्वास्थ शाखालाई ९९ सेट विश्व स्वास्थ सगंठनको मापदण्डअनुसारको स्वास्थ साम्रगी हस्तान्तरण, ४ थान खुट्टा द्धारा हात धुन मिल्ने मेसिन जडान लगायत जनचेतनामुलकख सन्देशका लागि पब्लिक माईकिङ्क कार्यक्रम सञचालन गरिएको अधिकृत मलासीको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्