कञ्चनपुरमा वडाध्यक्षमाथि आक्रमण भएपछि व्यवस्थापन गरिएको चौपाया नगरपालिकामा हुलिए

महेन्द्रनगर १२ साउन । शुक्लाफाँटा नगरपालिका स्थानीयले छाडा पशु चौपायालाई नगरपालिकामा बुझाएका छन्

नगरपालिकाले गाईगोरु हेर्नको लागि राखेका हेराला कर्मचारी र स्थानीयहरुले शुक्लाफाँटा नगरपालिका–८ मा निर्माण गरिएको पशु चौपाया व्यवस्थापन स्थलबाट १ सय ५० बढी चौपाया ल्याएर नगरपालिकाको कम्पाउण्डमा हुलिदिएको प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले जानकारी दिएका छन् ।

शुक्लाफाँटा नगरपालिका–८ ले गत बर्षदेखि छाडा चौपायाको व्यवस्थापन गर्दै आएको थियो । आईतबार वडाअध्यक्ष बहादुरसिंह महरालाई कुटपिट गरेको दोस्रो दिन छाडा चौपायाको समस्या देखा परेको उनले बताए ।

उनले भने, ‘छाडा चौपायालाई किन ल्याईएको भन्र्ने केही पनि जानकारी छैन, गत बर्ष नग सभाले वडालाई छाडा चौपाया व्यवस्थापनका लागि ६० लाख रुपैयाँ दिएको थियो । यो बर्ष पनि ४० लाख बजेट विनियोजन गरेको छ ।’

अहिले १ सय ५० भन्दा बढी छाडा चौपाया नगरपालिकाको कम्पाउण्डमा छन् । सदुर पश्चिमका विभिन्न जिल्लामा छाडा चौपायाको विकराल समस्या भए पछी यस क्षेत्रका किसानहरु समस्यामा परेका थिए । एका तिर खेतमा लगाएको वालि नोक्सान हुने र अर्को तिर सडक भरि हजारौंको संख्यामा रहेका गाई गोरुको कारण दिनहु दुर्घटना हुने हुदा आम सर्वसाधारण लाई समेत हैरानी खेप्नु परेको थियो ।


निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको नारा लिएर भोट मागेका जनप्रतिनीधिहरु लाई समेत लाखौं वजेट खर्च गर्दा समेत छाडा चौपाया नियन्त्रण हुन नसके पछी चौतर्फी विरोध खेप्नु परेको थियो ।


तर कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष वहादुर महराले भने कठीन परिस्थीतिमा समेत विचलित नभई छाडा चौपाया व्यवस्थापन गर्ने संकल्प लिई २०७५ श्रावण ३१ गते देखी छाडा चौपाया व्यवस्थापन समतिको संयोजकको रुपमा काम गर्दै नगर भित्र रहेका गाई गोरुलाई सामुदायकि वन भित्र व्यवस्थापन गर्न सफल भए ।


नगरपालिका संग सहकार्य गरेर छाडा चौपाया व्यवस्थापन गरि शुक्लाफाटा नगरपालकिालाई छाडाचौपाया मुक्त गरेका महरालाई आईतवार विहान तरुणदलका वडा सभापति लगायतका समुहले उहाको कार्यकक्ष मै आएर कुट पिट गरे पछी अध्यक्ष महराको कोहलपुरमा उपचार भईरहेको छ भने वडा नम्वर ८ का स्थानीयहरुले सुरक्षाको कारण देखाई सोमवार गौशालामा रहेका गाईगोरुहरुलाई शुक्लाफाटा नगरपालिकाको कार्यालयमा बुझाएका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्