कञ्चनपुर सशस्त्र प्रहरीद्धारा एकैदिन दुई स्थानबाट अवैद्ध सामान बरामद

महेन्द्रनगर १२ साउन ।


पछिल्लो समय कञ्चनपुर सशस्त्रले सीमामा हुुने तस्करीलाई दिनप्रति दिन नियन्त्रण गर्दै आएको छ । सोमबार मात्रै सशस्त्र प्रहरीले जिल्लाका दुई स्थानबाट अवैध समान बरामद गरेको छ ।

सोमबार बिहान कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नाकाबाट तस्करी भईरहेको अवस्थामा सशस्त्र प्रहरीले हार्डवेयरका समान बरामद गरेको थियो ।


सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका प्रमुख एसपी वीरसिह शाहुले भन्सार चोरी तस्करी गरेका समान बरामद गरिएको बताए ।

उनका अनुसार बेलौरी नाकाबाट एक लाख १० हजार बराबरको चोरी तस्करीको समान बरामद गरि कैलाली भन्सार चलान गरिएको छ ।


त्यस्तै सोमबार नै ससस्त्र प्रहरीले लालझाडि गाँउपालिका वडा नम्वर ३ कालागौडि क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याईएका अवैध हार्डवेयर तथा किरानाको समान बरामद गरेको हो ।


सशस्त्र प्रहरी सहायक निरिक्षक शंकर दत्त बोकटिको टालीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याएको रु. ८२ हजार एक सय बराबरका हार्डवेयर तथा किरानाको समान बरामद गरि कञ्चनपुर भन्सार कार्यालय बुझाएको छ ।


विश्वभर फैलिएको कोरोना भाईरसका कारण लामो समय देखी सिमानाका बन्द हुदा र खुला सिमा भएका कारण कैलाली कञ्चनपुरमा तस्करहरले चोर बाटो हुदै समानहरु ल्याउने गरेको पाईन्छ भने विभिन्न ठाँउमा सिमानाकामा स्थपना भएका बोर्डर आउट पोष्ट मार्फत ससस्त्र प्रहरीले निगरानी बढाउदै लगेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्