भारतले सीमा अतिक्रमण गरेकोप्रति जन बाहिनी नेपालको आपक्ति

महेन्द्रनगर १२ साउन ।

कैलालीको धनगढी उप महानगरपालिका १९ ललिपुरमा भारतले सीमा अतिक्रमण गरेकोमा जन बाहिनि नेपालले आपक्ति जनाएको छ ।


जन बाहिनी नेपालका राष्ट्रिय संयोजक शिरोमणी ओझाले सीमा अतिक्रमित क्षेत्रको स्थलगत अनुगमन गदैँ भारतको मिचाहा प्रवृत्ति आपत्ति जनाएका छन् ।


उनले भारतले नेपाली मिचेर नेपाली भुमीमा सीमा स्तब्भ राखेको छ । उनले भारतलाई नेपाली भुमिबाट अतिक्रमण हटाउन कुटनिक स्तरबाट पहल गरिनु पर्ने बताउँदै भारतलाई मिचाहाँ प्रवृत्ति हटाउन चेतवनी समेत दिएका छन् ।

ललिपुर स्थीत सीमा जङगल क्षेत्रमा भारतले रातारात नेपाली भुमी अतिक्रमण गरेको स्थानीयको भनाई छ ।


संयोजक ओझा पछिल्लो समय सीमा अतिक्रमण र भष्टाचारका विरुद्ध अभियान चलाउदैँ आएका छन् ।

कैलाली १९ दक्षिण ललिपुरमा भारतीय अतिक्रमण,रातोरात कृतिम पिल्लर निर्माण, नेपाली शासक निद्रामा,प्रतिरोधात्मक कार्यक्रम घनघोर जङ्गल बिचमा।सम्पुर्ण नेपालीहरुलाई सहयोगको अपील ।

Gepostet von Shiromany ojha am Montag, 27. Juli 2020
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्