महेन्द्रनगरमा मौन प्रदर्शन, सरकार निर्मलाको हत्यारा खै ?

महेन्द्रनगर १३ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा निर्मला हत्याकाण्डको दुई वर्ष पुरा भईसक्दा समेत हत्यारा पक्ता नलागेको भन्दैँ मौन प्रदर्शन गरिएको छ ।


मंगलबार बिहान नेपाल विद्यार्थी संघसहित नेपाली कांग्रेशले महेन्द्रनगरको मदन चोकमा मौन प्रर्दश गरेको हो । नेवि संघ कञ्चनपुरका जिल्ला उपाध्यक्ष इन्द्र साउदले दुई वर्ष बितिसक्दा समेत बलात्कारी हत्यारा पत्ता नलागेको भन्दैँ प्रर्दशन गरिएको बताए ।

उनका अनुसार घटनाको लामो समय बितिसक्दा समेत दोषी पत्ता नलाग्नु दुखद भएको भन्दै नेवि संघले प्रर्दशन गरेको हो । विपी कोईराला नेतृत्व विकास मञ्च कञ्चनपुरका अध्यक्ष समेत रहेको नेता साउदले सरकारलाई निर्मलाको हत्यारा खै भन्दैँ मौन प्रर्दशन गरिएको बताए ।

मंगलबार निर्मला आन्दोलनका घाईते सन्तोषी ऐर, मञ्जु गिरी लगायत नेविज संघका पदाधिकारीले महेन्द्रनगर मदनचोकमा १० मिनेट शिर झुकाएर खै निर्मलाका हत्यारा भनेर सरकारको ध्यानाकर्षण गराएका थिए ।


कांग्रेस नेतृ मञ्जु गिरीले दुई बर्षहुँदा समेत हत्यारा पत्ता नलागेकाले संकेतेक रुपमा सरकारको ध्यानाकर्षण गराएको बताईन ।

निर्मलाको न्यायिक आन्दोलनमा शुरुमै घाईते, अङगभङका साथै ज्यान गुमाउँदा समेत हत्यारा सार्वजनिक नभएको उनले दुखेसो छ ।


यस अघि अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले निर्मला मृत फेला परेको स्थानमा दिप प्रज्वलन, ज्ञापन पत्र बुझाएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्