महेन्द्रनगरमा चोर गिरोह सक्रिय, दिनहुँ चोरी हुदाँ समेत प्रहरी निस्क्रय

महेन्द्रनगर १४ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा दिनहुँ चोरीका घटना बढ्दै गएका छन् । जिल्लाकों सदरमुकान रहेकै क्षेत्रमा चोरहरु सक्रिय भएका छन् ।


सोमबार राति महेन्द्रनगर बसपार्क क्षेत्रका दुई पसलमा चोरीको प्रयास भएकोमा मंगलबार राति भीमदत्त नगरपालिका ५ बनखेतको एक किराना पसलमा चोरी भएको छ ।


स्थानीय राजेन्द्र विष्टको पवित्रा मार्माली लटिनाथ किराना पसलमा नगदसहित लाखौँ मुल्य बराबरको समान चोरी भएको छ । किराना पसल सञ्चालक विष्टले राति सटरको ताला तोडेर पसल चोरी भएको बताए । उनका अनुसार एक लाख ६० हजार नगर, सुनको सिक्री, र ५० हजार मुल्य बराबरको चुरोट र ३० हजार मुल्य बराबरको रिचार्ज कार्ड चोरी भएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले पछिल्लो समय चोरीका घटना बढेको बताए ।


उनले युवा बेरोजगारी बढेकाले अपराधिक घटना बढेको दावि गरे । स्थानीयले भने पछिल्ला समयमा प्रहरी निकृय भएकाले अपराधिक गतिविधि बढेको आरोप लगाएका छन् ।

कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासैनीले भने प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको दावि गरे । उनले चोरी लगायत अपराधिक घटना बढ्न थालेपछि प्रहरी गस्ती बढाएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्