प्रा.डा मुकुन्द कलौनी मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त

महेन्द्रनगर १४ साउन ।


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त प्राध्यापक डाक्टर मुकुन्द बल्लभ कलौनी नियुक्त भएका छन् ।
विश्वविद्यालयले बुधबार प्रा.डा कलौनीलाई डिनमा नियुक्त गरेको हो । विश्वविद्यालयका प्रवक्ता गोविन्द बल्लभ पन्तले प्रा.डा कलौनीलाई मानविकि तथा सामाजिकशास्त्र संकायको डिन कार्यालय जिम्मेवारी दिईएको बताए ।


उनका अनुसार निवर्तमान डिन प्रा.डा चन्दन सिंह बोहराको कार्यकाल सकिएपछि प्राडा कलौनिलाई डिनको जिम्मेवारी दिईएको हो ।


प्रा.डा कलौनी तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस र समायोजनपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख समेत रहेका थिए ।


निवर्तमान डिन बोहाराको गत माघ २३ गते ४ वर्षे कार्यकाल सकिएको थियो । नव नियुक्त डिन कलौनीले विश्वविद्यालय र संकायको विकासका लागी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्