गायक एनडी ठकुरीको नयाँ गित ‘चेमेली’ सार्वजनिक(भिडियो)

महेन्द्रनगर १४ साउन ।

सुदूरपश्चिमका नव गायक एनडी ठकुरीको नयाँ गित चेमेली सार्वजनिक भएको छ । आफ्नै शब्द संकलन रहेको उक्त गित मिस्टर आर जे युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो ।


सुदूरपश्चिमको कला संस्कतिमा आधारित गितमा गायक ठकुरीलाई गायिकका टिका पुनले साथ दिएकी छिन् । उक्त गितमा लिरिक्स भावना चन्द, म्युजिक गायक एनडी ठकुरी र सुरज चन्दको छ ।


त्यस्तै म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान, कोरियोग्राफर प्रकास खड्का र उत्पादन बि स्टार फिल्मस्को रहेको छ । म्युजिक भिडियोमा सुदूरपश्चिमको भेषभुसा र पहिरनलानलाई विशेष जोड दिईएको छ ।


गायक ठकुरीको पहिलो ‘आयम सरी’ गित सुदूर वनबाट सार्वजनिक भएको थियो । उनि विशेष गरि डिजे र ¥याप गायकका रुपमा आफ्नो परिचय बनाउँदै आएका छन् । सुदूरपश्चिमका कला संस्कृत र नेपाली कलालाई उचाई पु¥याउन सक्दो योगदान उनको भनाई छ ।

भिडियो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्