सबै तहका परिक्षास्थगित गर्न विद्यार्थीको माग, महेन्द्रनगरमा प्रदर्शन

महेन्द्रनगर १६ साउन ।
राष्ट्रिय परिक्षा बोर्ड र विश्वविद्यालयले जारी गरेको परिक्षाको सुचनाप्रति विद्यार्थीले आपत्ति जनाएका छन् ।
विश्वभरका कोरोना भाईरसको संक्रमण फैलिररहेकाले परिक्षा हुने सुचना जारी गरेको भन्दै विद्यार्थी आक्रोसित बनेका हुन् ।


कोरोना संक्रमणको जोखीमकैबिच परिक्षा गरिन लागेको भन्दैँ शुक्रबार महेन्द्रनगरमा प्रदर्शन गरिएको हो । राष्ट्रिय परिक्षा बोर्ड र विभिन्न विश्वविद्यालय महामारीको संक्रमणकै परिक्षा लिने भन्दै सुचना जारी गरेका छन् ।


विद्यार्थी नेता उपेन्द्र बमले तत्काल परिक्षा स्थकित गरि अनुकुल वातावरण परिक्षा गराउने तथा वैकल्पिक व्यवस्था गराउनु पर्ने मागसहित प्रदर्शन गरिएको बताए ।


उनका अनुसार कक्षा ११ र विश्वविद्यालय तहका विद्यार्थीले संक्रमण कै बिच परिक्षा नगर्न र संक्रमणको जोखिम नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न माग गरेका छन् । भदौ पहिलो साताबाट परिक्षा सञ्चालन गरिने विश्व विद्यालयको निर्णय उचित नभएको भन्दै सो निर्यण विरुद्ध कंचनपुरमा विद्यार्थीहरु आन्दोलित भएका छ्न ।

आन्दोलित विद्यार्थीले तत्काल परिक्षा स्थकित गर्नु पर्ने माग राखेका छन् । उनिहरुले परिक्षा होईन, पिसिआर परिक्षण गर भन्दै नाराबाजि समेत गरेका थिए ।
महेन्द्रनगरको मदनचोकमा महामारिको बेला स्वास्थलाई प्रमुख प्राथमिकता दिनुपर्ने भएकाले विधार्थीहरुले आफ्नो जीवन सङ्ग खेलेको भन्दै र्यालीसहित प्रदर्शन गरि चेतावनी समेत दिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्