‘गाडि गुडि स्वराड’का गायक दिपकराजले थापे चियाँ पसल

महेन्द्रनगर १८ साउन ।
बैतडीको तल्लो स्वराडमा २०७३ सालमा गाडि पुग्यो । गाडि पुगेपछि स्थानीय निकै हर्षित भए । गाँउमा गाडि पुगेको खुसियाली कला संस्कति प्रेमी प्रकास कलौनीले ‘गाडि गुडि स्वराड’ गित सार्वजनिक गरे जसमा स्वर थियो गायक दिपकराज बडु ।


गाँउमा सडक पुगेको खुसियालीमा बनेको उक्त गित त्यति बेला निकै लोकप्रिय बन्यो । गित हिट भएपटि गाडि गुडी स्वराडले चिनायो दिपकलाई ।
बैतडीको मेलौनी नगरपालिका–२ दुर्गास्थानका बडु गाडी गुडि स्वराड हिट भएपछि गायन क्षेत्रमै लाग्ने योजना बनाए ।

उनले गायनसँगै रचनातिर पनि कलम चलाए । तर गायन क्षेत्रमै रुचि हुदाँ हुदैँ पनि दिपकलाई परिस्थीतिले साथ दिएन् । पारिवारको आर्थिक अवस्था कमजोर भएकाले उनि रोजगारीका लागि भारत हानिए । केहि वर्ष विदेश बसेका दिपक स्वदेशमै कर्म गर्ने सोच बनाएर नेपाल फर्किएका छन्


लकडाउन अघि स्वदेश फर्किएका दिपक अहिले चिया पसल सञ्चालनमा ल्याएका छन् । महेन्द्रनगरको सञ्चार चोकबाट करिब ५ सय मिटर पश्चिमतर्फ उनले चियाँ पसल सुरु गरेका हुन् । आर्थिक अभाव भएपछि चिया पसल सञ्चालन गरेको उनले बताए । ‘सानै देखि गायन क्षेत्रमा रुचि थियो, तर समय परिस्थितीले साथ दिएन्’ उनले भने आर्थिक अभाव कारण सानो पुँजिमा चियाँ पसल सञ्चालन गरेको छु ।’


दशैँ आयो तिहार आयो, रोज्यो फुल पाउला कि मैले लगायतका लोक डेउडा गितमा शब्द सिर्जना तथा स्वर दिइसकेका बडु लगानिकै अभाबमा साङगितिक यात्रा बाट विश्राम लिएको बताए । चियाँ पसलबाट राम्रै आम्दानी भईरहेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्