काठमाडौं, साउन २९
आज (बिहीबार) बाट देशभर अनिश्चितकाल (अर्काे व्यवस्था नभएसम्म) का लागि ‘सवारी पास’ बन्द गरिएको छ।
कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट सवारी पास नदिन निर्देशन दिएको हो।
मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएको सवारी पास आज (बिहीबार) बाट नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएको हो।
अर्काे व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ।
हेर्नुहोस्, मन्त्रालयले गरेको परिपत्र :