शोधित तेल निकासी स् ३ महीनादेखि निकासी ठप्प, समाधानमा सरकार उदासीन

वीरगञ्ज । वीरगञ्ज नाकाबाट सबैभन्दा बढी निकासी हुने वस्तुमा प्रशोधित तेल परेको छ । तर, पछिल्लो समय प्रशोधित तेल निकासीमा सबैभन्दा बढी अंश ओगट्ने पाम आयलको निर्यात बन्द छ । आर्थिक वर्ष २०७६र७७ मा बारा–पर्सा औद्योगिक कोरिडोरका १४ ओटा उद्योगले यो नाकाबाट १ लाख ६८ हजार मेट्रिक टन प्रशोधित तेल भारत निकासी गरेका छन् । यसमध्ये सबैभन्दा बढी प्रशोधित पाम आयल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ ।

गत आवमा ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ लाख ७ हजार मेट्रिक टन प्रशोधित पाम आयल निकासी भएको थियो । पाम आयलको यो परिमाण अघिल्लो आवको तुलनामा ४७ प्रतिशतले बढी रहेको वीरगञ्ज भन्सारका सूचना अधिकारी विमल साहले बताए । आर्थिक वर्ष २०७५र७६ मा ५७ हजार मेट्रिक टन प्रशोधित पाम आयल निकासी भएको थियो ।

मुलुककै निकासीको शीर्षस्थानमा रहेको पाम आयलको निकासी ३ महीनादेखि बन्द छ । भारतले प्रशोधित पाम आयलको आयात रोकेपछि नेपालबाट निकासी ठप्प भएको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । निकासीमा अग्रस्थानमा रहेको यस उत्पादनको निर्यात खुलाउन सरकारले पहल नगरेको गुनासो उद्यमीहरूको छ ।

सरकार समाधानमा उदासीन बनेको आरोप रुंगटाले लगाए । मुख्य निकासीयोग्य वस्तुकै निर्यात रोकिएपछि चालू वर्ष २०७७र७८ मा निर्यात व्यापार घट्ने दाबी उद्यमीहरूले गरेका छन् ।

बितेको १ वर्षमा ६१ हजार ५५० मेटिक टन भटमासको तेल निर्यात भएको छ । यस अवधिमा रू. ८ अर्ब २४ करोडबराबरको भटमासको प्रशोधित तेल भारततर्पm निकासी भएको भन्सारको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यो परिमाण १२ हजार ९११ मेट्रिक टन मात्र थियो ।

तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाम आयल निकासी खोल्न पहल भइरहेको बताएको छ । ‘भारतीय पक्षसित यसबारेमा विभिन्न तहबाट प्रयास भइरहेको छ । चाँडै निकास निस्किनेमा आशावादी छौं,’ मन्त्रालयका सहसचिव नवराज ढकालले अभियानसँग भने ।

वीरगञ्ज नाकाबाट धेरै निकासी हुने वस्तुको सूचीमा दोस्रो स्थानमा जुस रहेको छ । यो नाकाबाट गत आवमा ३ अर्ब ४५ करोड रुपैयाँ बराबरका ४८ हजार २७ किलोलिटर जुस निर्यात भएको थियो ।

आव २०७५र७६ मा ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको ६४ हजार १३८ किलोलिटर जुस निकासी भएको थियो । यो नाकाबाट गतवर्ष निकासी हुने अन्य मुख्य वस्तुहरू सेन्थेटिक यार्न, रेसाको कपडा, स्पोर्टस् सुज, दन्तमञ्जन, पिनालगायत छन् ।- आर्थिक अभियान

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्