महेन्द्रनगरमा बम भेटियो

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बम विष्फोट फेला परेको छ ।

भीमदत्त नगरपालिका–४ मा रहेको भानु पार्टी प्यालेस नजिकै कुकर प्रेसर बम फेला परेको हो ।

बिहीबार बिहान २ बजे नेपाल प्रहरीको टोलीले फेला पारेको उक्त बमलाई नेपाली सेनाको टोलीले बिहीबार बिहान ६ बजेर ३० मिनेटमा डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिएका छन् ।

बिहान नेपाल प्रहरीको टोलीले कालो झोलामा संकास्पद बस्तु फेला पारेको र नजिकै थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कञ्चनपुरको पर्चा समेत भेटिएको उनले बताए ।

अहिले प्रहरीले उक्त पर्चालाई लिएर अनुसन्धान गरिरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्