चेतन र रचनाको ‘काफल गेडी’ लाई एक लाख भ्यूज

महेन्द्रनगर २९ साउन ।
गायक चेतन बोहराको लोक गित “काफल गेडि” ले सार्वजनिक भएको हप्ता दिनमै एक लाख प्लस भ्यूज पाउन सफल भएको छ । गायक तथा मोडेल चेतन बोहरा र रचना रिमालको स्वर र अभियन रहेकोे उक्त गित अहिले दर्शकले निकै रुचाएका छन् ।


लोक देउडा गित धौलिको ब्याबाट साङ्गितिक क्षेत्रमा चर्चा कमाउन सफल बनेका बोहराले यस पटक भने फरक शैलिको गित बजारमा ल्याएका थिए ।
ग्त बिहिबार उनले आफ्नै युटुव च्यानबाट सार्वजनिक गरेको म्युजिक भिडियोमा एक हजार बढी कमेन्ट गरिको छ भने सात हजारले लाईक गरेका छन् ।


काफल गेडी’ मा सर्जक हर्क विवश खनालको शब्द रहेको छ भने चेतन बोहरा र रचना रिमालको स्वर दिएका छन् । विक्रम चौहानको निर्देशन रहेको उक्त गितको भिडियोमा गायक र गायिका चेतन बोहरा र रचना रिमालकै अभिनय रहेको छ ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गित काठमाडौको गोदावरिमा सुटिङ गरिएको थियो । लोक गित “काफल गेडि “ अहिले टिकटकमा पनि भाईरल बनेको छ ।
विहिबार गायक बोहराले फेसबुकमार्फत एक लाख भ्यूज पुगेको फेसबुकमाफर्त धन्यवाद दिएका छन् ।

बोहराका यस अघि २ दर्जनभन्दा बढी गितहरू बजारमा आईसकेका छन् । जस मध्य धौलीको ब्या, मेरी लाली, जन्त बजाउने चर्चित गितहरु हुन । काफल गेडि गितलाई पनि दर्शकहरूले अत्यन्तै माया गर्नुहुने दर्शक श्रोतालाई उनले धन्यवाद दिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्