अनिता र अनुपको ‘लगन’ सार्वजनिक(भिडियो)

महेन्द्रनगर ३० साउन ।
मोडेल अनुप क्षेष्ठ र अनिता गिरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार एबी क्रएसन युटुब च्यानलबाट लगनको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
चर्चित गायिक मेलिना राई र सन्तोष खरेलको को स्वर रहेको उक्त म्युजिक भिडियोको निर्देशन मनोज विष्टले गरेको हुन् ।


त्यस्तै म्युजिक भिडियोमा शिशिर तिमल्सीना सहायक मोडेलका रुपमा देखिएका छन् भने कोरियोग्राफी राम महर्जनले गरेका छन् । यस म्युजिक भिडियोको छायाङकन शन्तानेश्वर मन्दीर र चोभारमा गरिएको हो । मोडेल गिरी विगत तीन वर्ष देखि यस क्षेत्रमा आवद्ध छिन् ।

झक्तपुर पुरानो ठिमीमा बस्दैँ आएकी मोडेल गिरी मोडिलिङमै भविष्य बनाउने योजनामा छिन् । आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरेकी मोडेल गिरीका लगतै दुई वटा म्युजिक भिडीयो रिलिज हुने तयारीमा छन् । साथै दर्शकले लगनलाई माया गर्ने उनको विश्वास छ ।

म्युजिक भिडियो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्