उदयदेव सहकारीद्धारा व्यवसाय पुर्नस्थापना कर्जा लागि १० करोड


महेन्द्रनगर ०१ भदौ । कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारीले व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सुरु गरेको छ । सहकारीले नोबेल कोरोना भाईरसको संक्रमणका कारण सिथिल अथतन्त्रको पुर्नउत्थानका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कार्यक्रम सोमबारबाट लागु भएको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गणेश बहादुर चन्दले कोभिड–१९ ले धरासायि बनाएको अर्थतन्त्रको विकासका लागि व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सहकारीले अघि सारेको बताए ।
उनका अनुसार सहकारीले सो कार्यक्रमका लागि १० करोडको कोष खडा गरेको छ ।

कोषमार्फत सहकारीले १३ प्रतिशत ब्याजदरमा शेयर सदस्यलाई व्यवसाय पुर्नस्थापना लागि कर्जा दिनेछ ।
सुदूरपश्चिममै प्रतिष्ठीत बहुदशीय सहकारी संस्था उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वि.स २०५६ साल बैशाख २१ मा स्थापना भई कारोबार गदैँ आएको छ ।
२५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले २४ हजार शेयर सदस्य जोडिएका छन् । १० लाख पुँजीबाट सुरु भएको सहकारीको हालको पुँजी हाल १० करोड ५६ लाख पुगेको छ भने ऋण लगानी ८९ करोड ५३ लाख रहेको सहकारीका सिईओ चन्दको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्