कृषक र विपन्न नागरिककामा निङ्गलाशैनीले ल्याएको आर्थिक रुपान्तरण

महेन्द्रनगर ०१ भदौ ।

जिल्लामा छोटो समयमा नै उत्कृष्ट पहिचान बनाउन सफल सहकारी संस्था हो, निङ्गलाशैनी बशुउद्देश्यीय सहकारी संस्था लिमिटेड । सानो समुहबाट सुरु भएको निङ्गलाशैनी सहकारी अहिले जिल्लाकै बढी कारोबार गर्ने तथा बढी शेयर सदस्य भएको सहकारीमा पर्छ ।


२०५६ सालमा ५० जना शेयर सदस्यबाट जनही १० हजार संकलन गरि स्थापना भएको सहकारीमा अहिले ८ हजार बढी शेयर सदस्य छन् ।
गाउँमा विक्तिय सुविधा नभएका बेला खुलेको सहकारी अहिले सबैको बचत संकलनसँगै ऋणदाताको सहयोगी बनेको छ । कुशल नेतृत्व र व्यवस्थापनले नै सहरकारी स्थापनाको एक दशकमै उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

अध्यक्ष -दिपक प्रशाद जोशी

तत्कालिन रुपमा सहकारीलाई हेर्ने दृष्टीको राम्रो नभएपछि गाउँका ईमान्दार मानिने युवा समुहले सहकारी खोल्दा स्थानीयले पनि विश्वास गरे । जनताको विश्वासले लाई सहकारीलाई उचाईमा पु¥यायो जुन हाल पनि कामय छ । सहकारी अध्यक्ष दिपक प्रशाद जोशी सहकारीको सफलतालाई कुशल टीम र असल व्यवस्थापन रहेको बताउछँन ।
जिल्लाको भीमदत्त नगरपालिका–१८ गोवरैयास्थित केन्द्रीय कार्यालय रहेको निङ्गलाशैनी सहकारी गाउँमा वित्तिय संस्थाको टटकारु आवश्यकता भएको बेला खोलिएको सहकारी अहिले नगरकै वित्तिय सहयात्री बनेका छ ।
‘उति बेला गाँउमा वित्तिय संस्थाहरु थिएन्, सबैले यसको सस्थाको आवश्यकता महशुस गरेका थिए ।’ अध्यक्ष जोशीले भने ‘बैंकहरुको क्रण पक्रिया निकै झन्झटिलो हुने भएकाले हामीे त्यसको विकल्प खोजौँ ।’ सहकारी स्थापनाका योजनकार समेत रहेको अध्यक्ष जोशी यसअघि दुई कार्यकाल समितिको सचिव समेत रहे । २ करोड शेयर पुजी रहेको निङ्गलाशैनीले हाल करिब १० करोड ऋण प्रवाह गरेको छ ।

सहकारीको कार्यलय भवन


सहकारीले आर्थिक, सामाजिक र शैक्षीक गरि तीन वटा पक्षलाई विशेष महत्वका साथ अगाडी बढएको अध्यक्ष जोशीको भनाई छ । उनका अनुसार अािर्थक गतिवधि अन्र्तगत सहकारीले बचत संकलन गर्ने र क्रण प्रभाव गरिहेको छ भने शैक्षीक कार्यक्रम अन्र्तगत शेयर सदस्यका छोरो छोरीलाई ५० हजार देखि १० लाखसम्मको ऋण उपलब्ध गराउने गरेको छ । त्यस्तै सहकारीले विक्तिय साक्षरता कार्यक्रम सञ्चालन गरि वित्तिय क्षेत्र र यसबारे जानकारी समेत दिदैँ आएको छ ।
सहकारीले कृषी र पशुपालन व्यवसायमा लगानीलाई पहिलो प्राथमिकतामा राखेको छ । अध्यक्ष जोशीका अनुसार हाल सहकारीको करिब ६० प्रतिशत बढी कर्जा कृषी र पशुपालनमा छ ।
शेयर सदस्यले कृषी तथा पशुपालन गर्न चाहेका २ लाखसम्म बिना धितो सो भन्दामाथि आश्यकता अनुसार धितो राखि ऋण दिने सहरकारीको व्यवस्था छ ।
सहकारीबाट ऋण लिएका शेयर सदस्यहरुले अहिले कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती लगायतका व्यवसाय गरि मनग्य आम्दानी गरिरहेका छन् । सहकारीले उत्पादनमुखी कर्जा नीति अवलम्बन गरेको छ ।
कृषी क्षेत्रका विकासका लागि प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजनासँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा सहकारीले कष्टम हायरिङ्ग सेन्टर स्थापना गरेको छ । जसमार्फत सहकारी सुपथ मुल्यमा कर्षकलाई कृषी औजार सहयोग गरिरहेको छ । शेयर सदस्यको लगानी सुरक्षाका लागि ‘लगानी सुरक्षा बिमा’ र कर्जा लगेर पशुपालन गरिहरकोका ऋणीका लागि ‘पशु बिमा’को समेत व्यवस्था गरेको अध्यक्ष जोशीको भनाई छ ।

त्यस्तै सहकारीले सामाजिक कार्य अन्र्तगत स्थानीय विद्यालयलय तथा मन्दीर लगायतका सार्वजनिक स्थलहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दैँ आएको छ भने सहकारीले ‘सदस्य कल्याण कोष’ अन्र्तगत समस्यामा परेकालाई बिना ब्याज आपत्कालिन सहयोग समेत प्रदान गर्ने गरेको छ ।


हाल भीमदत्त नगरपालिका कार्य क्षेत्र रहेको उक्त सहकारीलाई जिल्ला भरीमा विस्तार गर्ने र देशका सबै सहकारी संस्थाहरुसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष जोशीले बताए । २०५४ सालमा महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयबाट यसएलसी उतिर्ण गरेका जोशीले महेन्द्रनगरकै सिद्धनाथ बहुमुखीबाट वाणिज्य संकाय(बिबिएस) अन्र्तगत २०६३ मा स्नातक गरे ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट स्नाकोत्तर गरेको अध्यक्ष जोशीले अध्ययन सकेर गाँउमै स्कुल खोलेर अध्ययनमा लागे । २०६६ सालमा साथिहरुसँगको सल्लाहमा सहकारी सञ्चालन गरे । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उप–प्रध्यापक रहेका जोशीले अध्यापनपछिको बाँकी समयमा सहकारीको व्यवस्थापनमा खर्च गर्ने गरेको बताए ।
सरकारले ल्याएको नयाँ सहकारी ऐनले सहकारीलाई आन्यौलमा परेको अध्यक्ष जोशीको भनाई छ । ‘नयाँ ऐनले सहरकारीको ५१ प्रतिशत मुख्य कारोबार हुनुपर्ने उल्लेख गरेको छ ।’ अध्यक्ष जोशीले भने ‘बहुउद्देशीय सहकारीको मुख्य कारोबार के हुने भन्ने कुरा नै स्पष्ट छैन्, यसले हामीलाई अन्यौलमा परेको छ ।’
उनी विगत आठ वर्षदेखि अध्यापनरत छन् । शैक्षिक रुपमा वित्तिय क्षेत्रको राम्रो ज्ञान भएकाले उनलाई सहकारीको व्यवस्थापन र जिम्मेवारी बहन गर्न सहज भएको छ ।
त्यस्तै सहकारीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) प्रेमसिंह भाटले सहरकारीले कोप सोप योजना सञ्चालन गरिरहेको बताए । उनका अनुसार सहकारीको क्षेत्र विस्तारका लागि ३ वटा सहकारीसँग मर्जरको लागि छलफल भईरहेको छ । प्रधान कार्यालयसहित चार वटा सेवा कार्यालयमार्फत सेवा दिईरहेको निङ्गलाशैनीले ३० जनालाई प्रत्यक्ष रोजगार दिईरहेको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत पे्रम सिंह भाट


साथै वित्तिय साक्षरतालाई पनि जोड दिएको सहकारीले विद्यायलस्तरमा पनि उक्र कार्यक्रम सञ्चालन गरेको छ । सहकारीले भीमदत्त १८ को निङ्गलाशैनी माध्यमिक विद्यालयका ३ सय ५० र ग्रिन ल्याण्डका १ सय ५० विद्यार्थीलाई वित्तिय सारक्षताबारे जानकारी दिएको छ । सोही कार्यक्रमबाट विद्यार्थीलाई बचत गर्ने बानिको विकास भएको सहकारी स्थापनाका योजनाकार समेत रहेका सिईओ भाटको भनाई छ ।

‘हामीले विद्यालय र सामुदायमा पनि वित्तिय साक्षरता अभियान सुरु गरेका छौँ ।’ सहकारीका सिईओ भाटले भने ‘अहिले विद्यार्थीमा बचत गर्ने बानि विकास भएको छ, उनिहरुले खाजा खर्च कटाएर अहिले २५ लाख रुपयाँ सहकारीमा बचत गरेका छन् ।’ सहकारीले विद्यार्थीलाई खाजा घरबाटै ल्याउने र सोहीबाफतको रमक सहकारी बचत गर्ने प्रोत्साहित गरेको हो ।


त्यस्तै सहकारी कोरोना संक्रमणका कारण तीन लाख ब्याज छुट गरेको छ भने युवा स्वउद्यमका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सिईओ भाटले कृषी क्षेत्रको विकासमा जोड दिदैँ बिउ उत्पादन र भैसी श्रोत केन्द्र स्थापनाका लागि समेत पहल भईरहेको बताए । अगामी साधारण सभाबाट भावि योजना पारित गरि कार्यान्वयनको चरणका लगिने उनको भनाई छ । उनि समितीको पुर्व अध्यक्ष समेत हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्