वेदकोटमा नगर शिक्षा समिति गठन

महेन्द्रनगर ०१ भदौ ।

कञ्चनपुरको वेदकोटमा शिक्षा समिति गठन गरिएको छ । सोमबार वेदकोट नगरपालिकामा नगर शिक्षा समिति गठन गरिएको हो ।

नगर प्रमुख अशोक कुमार चन्दको संयोजकत्वमा सात सदस्यीय समिती गठन भएको हो । समितीको सदस्यमा कार्यापालिका सदस्य नरेश बहादुर सिह र निर्मला बिष्ट चौधरी समितिमा चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यमा पसुपति मल्ल चन्द (सामुदायिक विद्यालय प्र.अ),राकेश बहादुर चन्द (सस्थागत विद्यालय प्र.अ), रण बहादुर दौल्याल (विशेष शिक्षा सन्चालित प्र.अ), नन्दि सिह सार्की( शिक्षा प्रेमि दलित समुदाय), हिरा जैसी (शक्षा प्रेमि महिला समाजसेवी र प्रेमवती राना महिला समाजसेबि जनजातिबाट समितिमा चयन भएकी छिन् । समितिले नगरको शिक्षा क्षेत्रका विकासका लागि काम गर्नेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्