सीपीएलको पहिलो खेलमै सन्दीपले लिए विकेट, यस्तो रह्यो ४ ओभर

काठमाडौं, भदौ ३, क्यारेबियन प्रिमियर लिग(सीपीएल)को पहिलो खेलमा नै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन।

जमैका तालेवाजबाट खेलिरहेका सन्दीपले बुधबार साँझ जारी सेन्ट लुसिया जाक्सविरुद्ध ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन।

सन्दीपले आफ्नो अन्तिम ओभरमा नजिबुल्लाह जार्दनको विकेट लिएका हुन। जार्दनलाई सन्दीपले बाउन्ड्रीमा क्याच गराएका थिए।


टोलीको नवौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले एक छक्कासहित ८ रन खर्चेका थिए।

११औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका उनले उत्कृष्ट पुनरागमन गर्दै ३ रनमात्रै दिए।

१३औं ओभरमा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले एक चौका सहित ८ रन खर्चे। यस ओभरमा एक स्टपिङ र एक एलबिडब्लु अपीएल गरेपनि अम्पायरले नकारेका थिए।

१५औं ओभरमा व्यक्तिगत चौथो ओभरमा आएका सन्दीपले दोस्रो बलमा जार्दनलाई आउट पार्दै सफलता हात पारेका हुन। यस ओभरमा सन्दीपले ४ रनमात्रै खर्चे।

सीपीएलको यस सिजनमा सन्दीपको यो पहिलो खेल हो। यस सिजनमा तलेवाजले सन्दीपलाई न्यूनतम ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्