भीमदत्तमा पिसिआर मेसिन सञ्चालनका लागि प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने

महेन्द्रनगर १२ भदौ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने भएको छ ।
जिल्लामा कोरोना संक्रमणको जोखिममा रहेकाको पिसिआर परिक्षणका लागि भीमदत्त नगरपालिकाले मेसिन खरिद गरेको छ ।
नगरपालिकाले मेसिन खरिद भएपछि सञ्चालनका लागि प्रदेश सरकारलाई आग्रह गरिएको छ ।


सुदूरपश्चिम प्रदेश सरकारका पुर्व राज्यमन्त्री एंव प्रदेश सभा सदस्य प्रकास रावलले पिसिआर मेसिन सञ्चालनका लागि प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने बताए । उनका अनुसार प्रदेश सरकारले पिसिआर मेसिन सञ्चालनका लागि प्रयोगशाला स्थापना र आवश्यक जनशक्तीको व्यवस्थापनका लागि सहयोग गर्ने छ ।
‘नगरपालिकिाले पिसिआर मेसिन खरिद गरे पनि आफैले सञ्चालन गर्न सक्ने अवस्था छैन’ पुर्व राज्यमन्त्री एंव प्रदेश सभा सदस्य रावलले भने ‘कोरोना संक्रमणको दर बढेकाले यस परिक्षणको दायर बढाउनु पर्ने अवश्यक छ, त्यसका लागि प्रदेश सरकारले प्राविधिक सहयोग गर्छ ।’


साथै भीमदत्त नगरपालिकाकामा बसेको बैठकमा पनि उनले मेसिन सञ्चालनका लागि प्रदेश सरकारलाई पहल गर्ने प्रतिवद्धता जनाएको थिए । मेसिन सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने उनको भनाई छ ।


भीमदत्त नगरपालिकाले पिसिआर मेसिन सञ्चालन तयारीका लागि गत मंगलबार विहान सुदूरपश्चिम प्रदेशका साँसद सहित जिल्ला समन्वय समिति, महाकाली अस्पताल लगायतका सरोकारवालासित छलफल कार्यक्रम राखिएको थियो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले पिसिआर मेसिन आइ सकेकोले त्यसलाई जडान गरी व्यवस्थापन गर्ने बाटोमा अघि बढेको बताए । अस्पतालमा पिसिआर मेसिनका लागि अस्पतालमा प्रयोगशाला स्थापनाका लागि भवनलाई तयार गर्न थालिएको उनले बताए ।


अस्पतालमा प्रयोगशाला स्थापना गरी मेसिन सञ्चालनमा आएपछि किट, स्वास्थ्य जनशक्ति सहितको दैनिक खर्च १५ लाख भन्दा बढी हुने आँकलन गरिएको छ । प्रयोगशाला सञ्चालनका लागि चिकित्सक सहित कम्तिमा १४ जना स्वास्थ्यकर्मी चाहिने देखिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारसित जनशक्ति र उपकरण व्यवस्थापनको माग गरिएको छ । महाकाली अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत छ ।

‘मेसिन सञ्चालन गर्न ठूलो खर्च चाहिन्छ, त्यसका लागि कञ्चनपुरका अन्य पालिकासित पनि सहकार्य र समन्वय गरी जान्छौ’ अस्पतालका अध्यक्ष जोशीले भने,‘मेसिन आई सक्यो, छिटो भन्दा छिटो सञ्चालनमा ल्याउँछौ ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा जेठ अन्त्यतिर बसेको कोभिड १९ रोकथाम तथा निर्देशक समन्वय समितिको बैठकमा पिसिआर मेसिन खरिद गरी महाकाली अस्पतालालाई हस्तान्तरण गर्ने निर्णय भएसँगै त्यसको सञ्चालनका लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।

समन्वय समितिमा बसेको बैठकमा भीमदत्तले पिसिआर मेसिन किन्ने, समन्वय समितिले सबै मेसिन सञ्चालन कार्यविधि बनाउने र सञ्चालन कोष स्थापना गर्ने, महाकाली अस्पतालमा प्रयोगशाला स्थापना गर्ने तथा त्यसका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकारका साँसद र कञ्चनपुरका अन्य पालिकाको सहयोगमा गर्ने निर्णय गरिएको थियो ।

महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, अस्पतालका निर्देशक डा. हरि कुमार श्रेष्ठ लगायत जनप्रतिनिधि सहभागी बैठकमा अस्पतालमा कोरोना जाँचका लागि प्रयोगशाला स्थापना र सञ्चालनका लागि कञ्चनपुरका सबै पालिकासित समन्वय गर्ने निर्णय पनि गरिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्