कञ्चनपुरका पत्रकार बोहरामाथि प्रहरीले नै ग¥यो दुव्र्यहार

महेन्द्रनगर १८ भदौ ।
कञ्चनपुरका पत्रकार डिबि बोहरालाई प्रहरीले नै दुव्र्यहार गरेको पाईएको छ । बुधबार राति पत्रिकाको प्लेट पु¥याउन छापाखाना गईरहेका बेला प्रहरीले दुव्र्यहार गरेको हो ।

पत्रकार बोहराले कार्यालयको काम सकेर छापाखाना जाने क्रममा प्रहरीले दुव्र्यहार र गालि गलौच समेत गरेको बताए । उनका अनुसार आफुले बिहिबारको पत्रिकाका लागि प्लेट पु¥याउन छापाखाना गईरहेको बेला दुव्र्यहार गरिएको हो ।


‘रातिको करिब १२ बजेटको थियो, म कार्यायलको काम सकेर छापाखाना गईरहेको थिए ‘ पत्रकार बोहराले भने ‘मलाई यति राति कता हिडेको भन्दैँ थर्काए, अफिसको काम सकेर फर्केको भन्दैँ प्रेसको कार्ड पनि देखाए तर उल्टै नक्कली पत्रकार भनेर गालि गरे ।’ पत्रकार बोहरा कञ्चनपुरबाट प्रकाशित हुने अभियान दैनिकका उप सम्पादन हुन् ।
यस घटनाबारे कञ्चनपुरका पत्रकारले छानबिन गरि कारर्वाहीको माग गरेका छन् । उनिहरु सामाजिक सञ्जालमार्फत कारर्वाहीको माग गर्दै नेपाल पत्रकार महासंघको समेत ध्यानार्कषण गराएका छन् ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापा क्षेत्रीले रात्रिको समयमा सुरक्षा व्यवस्था कडा पारिएको बताए । सुरक्षाका लागि सिविलमा प्रहरी खटाएकोले बताउँदै उनले भने ‘उहाँ अबेर राति बजारमा भेट्टेन्नु भएछ, रात्रि कताबाट आएको भनेर सोधपुछ गरिएको हो, प्रहरीबिचको मिस अन्डरस्ट्याडिङका कारण त्यस्तो भयो ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्