चन्द्रागिरिमा आमाबुबामाथि खुकुरी प्रहार, छोरा पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका १ मा आमाबुबामाथि मादक पदार्थ सेवन गरेका छोराले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ भने घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको वृत्तले नेपालखबरलाई जानकारी दिएको छ।

शनिबार साँझ परेपछि घटना भएको र थप विवरण आउन बाँकी नै रहेको ड्युटीमा खटिएका एक प्रहरीले नेपालखबरलाई जानकारी दिए।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ झ्याङ्गाझिटी्मा उक्त घटना भएको हो। ३२ वर्षीय छोरा श्री तामाङले आमाबुबामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। बुबा श्याम कुमार तामाङ (५३ वर्ष) र आमा विष्णु तामाङ (४८ वर्ष) सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्