सडक दुर्घटनाको जोखिम घटाउन कञ्चनपुरका युवाले थाले यस्तो अभियान, सहयोग लागि आग्रह

महेन्द्रनगर २१ भदौ । पछिल्लो समयमा छाडा पशु चौपायाका कारण सडक दुर्घटना बढ्दो छ । सोहि समस्या्लाई लक्षीत गर्दै कञ्चनपुरका युवाहरुले नौलो अभियान थालेको छन् । दुर्घनाको जोखिन नियन्त्रणका लागि स्थानीय युवाहरुले महेन्द्र राजमार्गमा रहेका चौपायाको घाँटीमा रेडियम लगाएका हुन् ।

कञ्चनपुरका स्थानीय युवा नरेन्द्र भाटले छाडा चौपायाबाट हुने सडक दुर्घटना नियन्त्रणका लागि चौपायाको घाँटीमा रडियम लगाईएको बताए । उनका अनुसार रातिको समयमा सडकमा चौपाया सवारी साधनसँग ठोकिएर दुर्घटना हुन थालेपछि उक्त अभियान थालिएको हो । यस अभियानमा स्थानीय शमिर मल्ल, कैलास चन्द लगायतका युवाहरु खटिएका छन् ।

‘अध्यारो सडकमा रहेका चौपाया नदेखिदाँ दुर्घटना हुन थाल्यो’ स्थानीय युवा भाटले भने ‘घाँटीमा लगाएको रेडियम लाईट परेपछि चम्कीन्छ, यसले दुर्घनाको जोखिम कम हुन्छ ।’
साथै व्यक्तिगत खर्चमा रेडियम किनेर चौपायको घाँटीमा रेडियम लगाईएको हो । रेडिमय खरिदका लागि आवश्यक सहयोगका लागि युवाहरुले आग्रह समेत गरेका छन् । साथै चौपायाको घाँटीमा रेडियम लगाएपछि सडक दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्