जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक पाटोबारे पनि यस्ता घतलाग्दा भनाईहरु सुन्न(पढ्न पाइन्छन् । जीवनका कुरा, सुखका कुरा, सम्पतिका कुरा, सम्बन्धका कुरा । यावत् विषयमा विभिन्न चिन्तक, विचारक, दार्शनिक आदिका भनाईहरु हाम्रा निम्ति प्रेरणाको स्रोत बन्न सक्छ । यहाँ त्यस्तै भनाईहरु पेश गरिएको छ ।

–आफ्नो आत्मविश्वास, कर्म, लगाव र मेहनतले हामी स्वयम् आफ्नो भाग्य कोर्न सक्छौं । तर, हामी आफैले आफ्नो भाग्य लेखेनौं भने परिस्थितीले हाम्रो भाग्य कोरिदिनेछ ।

–दुनियामा कसैको पनि तुलना नगरौं । जस्तो कि, चन्द्रमा र सूर्यबीच कहिल्यै तुलना हुँदैन । ति आ–आफ्नो समयमा चम्कन्छन् ।

–संसारमा दुई किसिमका व्यक्ति हुन्छन् । एकथरी, जो दुनियाँ अनुसार आफुलाई बदल्छन् । दोस्रोथरी, जो आफु अनुरुप दुनियाँ बदल्छन् ।

–जिन्दगीमा त्यही व्यक्तिले कहिल्यै गल्ती गर्दैनन्, जसले केही नयाँ काम गर्ने प्रयास गर्दैनन् ।

–सपना त्यो होइन, जो हामी निदाएपछि देख्छौं । सपना त त्यो हो, जसले हामीलाई निदाउन दिदैन ।

–जीवनमा कठिनाई हामीलाई बर्बाद गर्नका लागि आउँदैन । बरु यो त हामीभित्र लुकेको शक्ति र सामाथ्र्य निकाल्न आउँछ ।

–यदि तिमी सूर्य जस्तै चम्कन चाहन्छौं भने त्यसअघि सूर्य जसरी जल्न पनि सक्नुपर्छ ।

–सफल व्यक्तिहरु आफ्नो निर्णयले दुनियाँ बदल्छन् । तर, असफल व्यक्तिहरु दुनियाँको डरले आफ्नो निर्णय बदल्छन् ।

–परीश्रम सौभाग्यको जननी हो

–विपरित परिस्थितीमा कति व्यक्ति टुट्छन्, कतिले भने किर्तिमान बनाउँछन् ।

–जति कठिन संघर्ष हुन्छ, जीत उत्तिनै शानदार हुन्छ ।

–त्यही व्यक्ति सफल हुन्छन्, जसको कामले उसलाई अटुट आनन्द दिन्छ ।

–कठिन परिस्थिती सबैले झेल्नुपर्छ । फरक त यतिमात्र छ कि, यसबाट कोही खिइएर सकिन्छन्, कोही निखारिएर आउँछन् ।

–जिन्दगीको सात मन्त्र –बोल्नुअघि सुन्न सिकौं, खर्च गर्नुअघि कमाउन सिकौं, लेख्नुअघि सम्झन सिकौं, हार मन्नुअघि प्रयास गर्न सिकौं, सम्बन्ध बनाउनअघि त्यसलाई निर्बाह गर्न सिकौं, मर्नुअघि खुलेर बाँच्न सिकौं ।

–सफलताले हामीलाई सबैको सामुन्ने परिचित गराउँछ । तर, असफलताले हामीलाई सबैको परिचय दिलाउँछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्