योगेश जोशी
नेपालमा “चार जात छत्तिस वर्ण” भन्ने भनाईले हाम्रो समुदायमा रहेको पारम्परिक ज्ञानको पनि राम्रो आंकलन लगाउन सकिन्छ । अहिले कोरोनाको महामारीले हामीलाई हाम्रो अद्वितीय सामुदायिक ज्ञानको अन्वेषण गर्ने असीम अवसर प्रदान गरेको छ ।
परम्परागत ज्ञान भनेको “समुदायमा अभ्यास गरिएको मौलिक ज्ञान जुन एक पुस्तादेखि अर्को पुस्तामा जान्छ”। यस्तो ज्ञानले हाम्रो दैनिक जीवनका अनेक आधारहरु जस्तै स्वास्थ्, ईन्जिनियरिङ, स्रोत व्यवस्थापनलाई समेट्दछ । यदि हामीले विज्ञानको तर्कसंगतज्ञानले सामुदायिक ज्ञानको अन्वेषण र विस्तार गर्ने हो भने, हामी गरिब जनसंख्याको आजीविका उकास्न र यि ज्ञानहरुलाई प्रविधिका मुख्यधार प्रोजेक्टहरूमा हस्तान्तरण गर्न सकिन्छ । साथै विज्ञानको महत्वलाई हाम्रो समाजको अभिन्न अङंका रुपमा विकास गर्न पनि मद्दत पुर्याउने छ ।
विशेषत: अहिलेको महामारीको अवस्थामा हामी हाम्रो घर-घरमा भएका घरायसि उपचारमा जोड गरिरहेका छौ। हामी हाम्रा पुर्खाहरुले थालेको सामुदायिक वनस्पतिय ज्ञानको जगेर्णा गर्ने तिर लागेका छौ। विरुवाका विभिन्न प्रजातिहरू धेरै लामो समयदेखि विभिन्न रोग र बिरामीलाई निको पार्न परम्परागत रूपमा प्रयोग हुँदै आएका छन्। तर दुर्भाग्यवश, कुनै पनि व्यवस्थित र दस्तावेज प्रक्रियाहरू विना नै वोटविरुवामा प्रयोग हुने र आदिवासीय ज्ञान वैज्ञानीक आधार सहित प्रसारित नहुने भएकोले, इक्वेडरमा देखिएझैं, यी प्रचलनहरू वेपत्ता हुने ठूलो जोखिम छ।
यस वाहेक, एलोपथी, आधुनिक औषधी विज्ञान उन्नतिका कारण मानिसहरूले यी वोटविरुवाहरूको औषधीय महत्त्वलाई वेवास्ता गरिरहेका छन्। नेपालमा त्यस्ता महत्त्वपूर्ण वोटविरुवा र जडिबुटीहरूको असुरक्षित फसल कटौती गर्ने विधि,खराब प्राविधिक क्षमता, प्राथमिक भण्डारण प्रक्रिया, विरुवाको विनाशकारी प्रशोधन उदाहरणको लागी, जरा प्राप्त गर्न सम्पूर्ण वोटविरुवा उन्मूलन गरिनु र अन्य भागहरु प्राय बर्बाद वा जनावरहरुलाई खुवाउनमा प्रयोग हुनुले यस्ता वनस्पतीको पूर्ण उपायोग हुनसकेको छैन । यदी यि यावत समस्याहरुलाई हाम्रो अनुसन्धानकर्ताहरुले समुदायसँग मिलेर नौलो विधीहरु प्रस्ताव गर्न सके यस्ता ज्ञानहरुको संरक्षणमा टेवा पुग्ने देखिन्छ ।
नेपालमा अवस्थित एथ्नोबोटानिकल(Ethno-botanical) अनुसन्धानहरू विभिन्न रोग र विमारीहरूलाई निको पार्न एथ्नोबोटानिकल (Ethno-botanical) ज्ञान र अभ्यासको दस्तावेजीकरणमा मात्र केन्द्रित छन्। सुदूरपश्चिम नेपालमा ४२ भन्दा बढी प्रजातिहरू परम्परागत महत्त्वसहितका वनस्पतीहरु पहिचान गरिएको छ। वैकल्पिक औषधीको रूपमा महत्त्वपूर्ण वोटविरुवाहरू जस्तै खयर Acacia catechu, बिख Aconitum spicatum, घोडे पाङ्रो Aesculus indica, कलपनाथ Andrographis paniculata and रातो चारपाते Anisomeles indica सामिल छन। पहिचान गरिएका वोट प्रजातिहरू विभिन्न स्वास्थ्य विकारहरू जस्तै ज्वोर्नी दुखाई , ज्वरो, खोकी, दम, दाँत दुखाई उपचार गर्न प्रयोग गरिएको पाईन्छ ।
विशेष गरी सुदुरपश्चिम नेपालको ग्वाल्लेक-केदार क्षेत्र समुदाय परम्परागत प्रचलनहरूको एउटा महत्व बोकेको छेत्र हो तर विगत केहि बर्षदेखी आधुनिक औषधिको प्रयोग, सडक विस्तार, वोटविरुवा स्रोतको घट्दो उपलब्धता र अवैज्ञानीक कृषि परम्परागत अभ्यास पतनका लागि जिम्मेवार छन्। यस्ता अभ्यासको प्रबर्धन गर्नका निम्ती परिचालक निकायहरू, अनुसन्धानकर्ता र स्थानीय समुदाय लगायत सबै सरोकारवालाहरूले नीति निर्माणको माध्यमबाट र निकै महत्व राख्ने नागोया प्रोटोकल (Nagoya Protocol) पालना गरेर पहुँच र सुविधाहरू बाँडफाँडका लागि आन्तरिक र अन्य देशहरूसँगको सहकार्य बढाउनुपर्दछ। यि प्रकृयाहरुको पालना भए मात्र परम्परागत ज्ञान भएका व्यक्तीको विश्वास जित्न सफल भइन्छ र सो समुदायका मानिसहरुलाई पनि देशको विज्ञान प्रविधी विकासको मुख्यधारमा उभ्याउन सकिन्छ ।
यसबाहेक, यस क्षेत्र १९९७ देखि २०१४ सम्म औषधीय वोटविरुवाको व्यापार मात्रामा २ गुणा र मूल्यले १७.२ले वृद्धि भएको छ। बढ्दो व्यापारका मुख्य कारणहरू चीन र भारतका जनताको बढ्दो आम्दानी, पूर्वाधार विकासको कारण फसल कटानी स्थलहरूको पहुँच र त्यस्ता औषधिहरूका फाइदाहरूको बारेमा स्थानीयहरूमा चेतना बढ्नु रहेका छन् ।सुदूरपश्चिमको क्षेत्रका परम्परागत प्रचलनहरूको बारेमा अत्यन्त महत्त्वपूर्ण तीनवटा प्रमुख अभ्यासहरू यस प्रकार छन्:
क) परम्परागत कृषि अभ्यास:
नेपालमा कृषिको अधुनिकीकरण भएको धेरै समय भएको छैन र अझै पनि यसको पूर्ण विस्तारमा धेरै समय लाग्ने देखिन्छ । तर यदी हामीले हाम्रो पुर्ख्योउली ज्ञानलाई नै संरक्षण गरेर कृषि अभ्यास अगाडी बढाएमा हाम्रो कृषि मौलिकताको जगेर्ना हुनेछ । परम्परागत अभ्यासहरू विशेष गरी माटोको उर्वरता व्यवस्थापन, भूमि व्यवस्थापन, कीट नियन्त्रण, बालीको पोस्ट हार्वेस्ट भण्डारण र पशुपालन व्यवस्थापन सम्बन्धित रहेका छन्।माटोको उर्वरता व्यवस्थापन अभ्यासमा धानको खेतमा कोसेबाली लगाउनु, मकैको खेतमा सोयाबीन लगाउनु, फार्मयार्ड मल कम्पोस्टिंगको प्रयोग, त्यस्तै कृषि कीट नियन्त्रणका लागि तितेपाती Artemisia प्रजाति, सुर्ति Nicotiana tabacum, दूध उत्पादन बढाउन तिमुर / बोजो सिल्फोडे (Bergenia ciliata) प्रयोग भएको पाईन्छ ।
ख) परम्परागत औषधी अभ्यास:
मानव स्वास्थ र प्रकृती एक अर्कामा निकै सन्तुलित रुपमा बसेका हुन्छन र कुनै एकमा गडबडी आएमा जिवन चक्र नै बिग्र्न सक्छ । अहिलेको स्थितिले पनि हामीलाई प्रकृती र मानव जिवन कसरी संगै चलाउन महत्त्वपूर्ण छ भन्ने सिकाएको छ । परापूर्वकाल देखी हाम्रा पुर्खाहरु एस्तै रोगहरुसँग लड्न प्राकृतिक स्रोतहरुमा निर्भर हुन्थे । उधाहरणका लागि घिउकुमारीको Aloe Vera पातहरु पोलेको घाउ निको पार्न, निर्मासी Delphinium Denudatum दम परेको ठीक पार्न, सर्पगन्धा जोर्नी दुखाई कम गर्न, रुद्राक्ष्य उच्च रक्तचापका लागि, विजयसार Pterocarpus marsipium roxb. को काठ मदुमेह का लागि, र अन्य धेरै यस्ता ज्ञानहरु विभिन्न समुदायमा चलिआएका छन ।
ग) परम्परागत बीज भण्डारण र उत्पादन अभ्यासहरूः
नेपाल आफ्नै मौलिक कृषि अभ्यास भएको देश हो र कृषिजन्य देश भनेर पनि चिनिन्छ । तर बिगतका समयमा हाम्रा किसानहरुमा परमपररागत कृषि अभ्यासमा कमी आएको र आधुनिक कृषिकरण तिर आकर्शण बढ्दो छ । यसो हुनाले किसानमा पर्न जाने आर्थिक बोझ त छँदै छ साथै मौलिक ज्ञान पनि हराउदैँ जाला कि भन्ने पिर पनि छ ।
व्यापक रूपमा प्रयोग हुने अभ्यासहरू हुन्: (i) परम्परागत चोतो बीज उत्पादन, (ii) परम्परागत कांक्राको बीज भण्डारन, (iii) भान्साको लसुन सुकाउने, र (iv) गहुँको बीउ भण्डारनको लागि तिमुर /बोजोसँग मिसाएको खरानीको प्रयोग रहेका छन ।
सुदूरपश्चिम नेपालको कैलाश पवित्र भूमिमा र पश्चिमी हिमालयन क्षेत्रमा जंगली गैर-खेतीयोग्य लगभग ९९ प्रजातिहरूको अभिलेख छ। ती मध्ये, स्थानीय तरकारीका रूपमा प्रयोग हुने अत्यन्त महत्त्वपूर्ण बोटहरू Paeoni emodi, मौसमी तरकारी जुन स्थानीय रूपमा हेटो भनिन्छ, मिठो फापर Fagopyrum esculentum, बिग फर्न Dryotoris. Cochleata , गिट्ठे तरुल Dioscorea bulbifera र सिस्नु Urtica dioica जस्ता प्रजातिहरू पनि स्थानीय बजारमा आयका महत्वपूर्ण स्रोत हुन्। तर, केवल १३ % घरपरिवारमात्र सो को बेचबिखनबाट आय गरिरहेको पाईन्छ भने जम्मा रु.१५००० को हाराहारीमा कमाई भएको पाईन्छ । प्रस्तुत तथ्यान्कंले यि प्रजातिहरू अझै पनि बृहत समुदाय र बजारमा पहुँचको अभाव रहेको देखाउँछ।
अघिल्ला अनुसन्धानहरूले यस क्षेत्रका परम्परागत औषधीय अभ्यासहरू बुझ्न गहन अध्ययन गरेका छन् र परम्परागत अभ्यासहरु र जैविक विविधतामा आउने कमिका विभिन्न कारणहरु देखाएको छ । हालका अनुसन्धानहरुले सुदुरपश्चिम प्रदेशका जिल्लाहरू पाइने औषधी जडिबुटीहरू पत्ता लगाउन र जडिबुटी / औषधिहरूको संरक्षण र विकासको लागि सम्बन्धित समुदायहरू सँग मिलेर अघी बढ्नु पर्ने र आर्थिक र सांस्कृतिक विकासको लागि “एक समुदाय एक जडिबुटी” लाई बढावा दिन सुझाव दिएका छन।
नेपालले वरदान स्वरुप पाएको प्रकृतिक जडिबुटी र हाम्रा पुस्ताले प्रयोग गर्दै आएका ज्ञानहरुलाई हाम्रा वैज्ञानीकहरुले एउटै धारबाट अगाडी बढायो भने हाम्रो समाज स्व्स्थ, समृद्ध र आफ्नो अलग्गै पहिचान बनाउन सफल हुनेछ । परम्परागत ज्ञानलाई आधुनिक औषधीको विकासका लागि एउटा जगका रुपमा हेरियो र विकास गर्न सकियो भने एथ्नो-टुरिस्म (Ethno-toursim) लाई पनि बढावा दिन सकिन्छ । हाम्रो देशको वैज्ञानीक समुदायमा यो कुराको बहस हुनुपर्ने जरुरी देखिन्छ र यो समय सबै भन्दा उचित पनि ठहरिन्छ । (लेखक जोशी सुदूरपश्चिम प्रदेशका जैविक प्रविधी वैज्ञानीक हुन् ।)