कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालाका सहयोगी भरत तिवारीले उनलाई संक्रमण पुष्टि भएको बताए। 

कोइरालालाई हिजो साँझ एक्कासी ज्वरो आएपछि स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका थिए। प्रयोगशालाले कोइरालामा संक्रमण पुष्टि भएको जानकारी दिएको उनका सहयोगी तिवारीले बताए।

तिवारीका अनुसार अहिले कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ। कोइरालालाई ज्वरो लगायतका कोरोनाका अन्य कुनै लक्षण देखिएको छैन। शरीरमा अक्सिजन पनि आवश्यक मात्रामा छ।

यद्यपी, ज्वरो आएपछि कोइरालाले हिजो साँझ भने सिटामोल सेवन गरेका तिवारीले बताए। 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्