घरको छतबाट लडेर कञ्चनपुरका यातायात व्यवसायीको मृत्यु

कञ्चनपुरमा आफ्नै घरको छतबाट लडेर एक जना यातायात व्यवसायीको मृत्यु भएको छ। पवनदुत यातायातका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका केशवदत्त जोशीको आफ्नै दुई तले घरको छतबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले भीमदत्त नगरपालिका वडा नम्वर २ का ३५ बर्षीय जोशीको छतबाट लडेर मृत्यु भएको बताए।

‘छतबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि धनगढी पठाइएको थियो,’ उनले भने, ‘उपचारका क्रममा माया मेट्रो अस्पतालमा मंगलवार राति मृत्यु भएको हो।’

अहिले उनको शव महाकाली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायव उपरिक्षक थापाले बताए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्