खप्तड सदन बिक्री प्रकरणः शुक्लाफाँटाका मेयरले मागे माफी, शिक्षा शाखा प्रमुखलाई कार्वाहीको माग

महेन्द्रगर २४ भदौ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले निजि विद्यालय स्थानान्तरण प्रक्रियामा गल्ती भएको स्वीकार गदैँ माफी मागेका छन् । बुधबार ८३ औँ कार्यपालिका बैैठकमा नगर प्रमुख ऐरले विद्यालय स्थानान्तरण पक्रियामा प्रक्रियागत गल्ती भएको स्वीकार गदैँ उनले माफी मागेका हुन् ।
शुक्लाफाँटा नगरपालिका–१० बाट बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको खप्तड शिक्षा सदन नामक निजी विद्यालय सार्नका लागि सहमति दिएको विषयमा विवाद भएपछि पछिल्लो समय शुक्लाफाँटामा तनाव सिर्जना भएको थियो ।

८३ औँ कार्यपालिका बैैठकको १ नम्बर निणर्यमा भनिएको छ ‘खप्तड शिक्षा सदन सरी अन्यन्त्र सरी जाने सरुवा सहमती दिदाँ शिक्षा शाखा प्रमुख श्री टिकेन्द्रराज भट्ट्ले पेश गर्नु भएको टिप्पोणी नगर प्रमुख स्तरबाट सदर भएको सम्बन्धमा नगर प्रमुख श्री दिल बहादुर ऐर आफ्नोतर्फबाट पक्रियागत ऋटी भएकोमा नगर कार्यपालिका समक्ष क्षमा मागि आगमी दिनमा आफ्नोतर्फबाट यस्ता ऋटीहरु नहुने प्रतिवद्धता व्यक्त गर्नु भएकोले नगर कार्यपालिबाट क्षमा दिने निणर्य गरियो । नगर प्रमुख ऐरले गल्ती स्वीकार गरेपछि नेकपा शुक्लाफाँटाले आन्दोलनका कार्यक्रम सबै स्थगीत गरेको छ ।

यस्ता छन् कार्यपालिकाका निणर्य

त्यस्तै निणर्य नम्बर २ मा भनिएको छ ‘खप्तड शिक्षा सदन सरी अन्यन्त्र सरी जान सरुवा सहमती दिदाँ प्रक्रीया गत ऋटी भएकोले मिति २०७७÷०५÷२१ गते कार्यपालिका बैठकबाट शिक्षा प्रमुख अधिकृत टिकेन्द्रराज भट्ट लाई निजामती सेवा ऐन, नियम बमोमिक कार्वाही गर्ने निणर्य भएकोमा निजामती सेवा ऐन, नियम बमाजिम उपयुक्त कार्वाही गर्न नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने’ उल्लेख छ ।

निजी विद्यालय सार्नका लागि सहमति दिएपछि नगरपालिकामा नेकपा र अनेरास्वीयुले चर्को विरोध गरेका थिए । साथै नगरपालिकाका तालाबन्दीसहित नगर प्रमुख र शिक्षा शाखा प्रमुखलाई कामकाजबाट रोक समेत लगाएको थियो । बुधबारमा नेकपा नगर कमिटिले नगरपालिका घेराउ गरि मेयरको राजिनामा समेत मागेका थिए । फर्जी कागज बनाएर नक्कली विद्यालय स्थापना गरी बिक्री गरिएको भन्दै शिक्षक र विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका थिए । नगर प्रमुख ऐरले गल्ती स्वीकार गरेपछि नेकपा शुक्लाफाँटाले आन्दोलनका कार्यक्रम सबै स्थगीत गरेको छ ।

नेकपा शुक्लाफाँटाको प्रेस विज्ञप्ती

के हो विवाद ?

शुक्लाफाँटा नगरपालिका औँ १० अर्थात साविकको झलारी गाविस वडा नं ७ मा सञ्चालन गर्ने गरी विसं २०५९ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयले कक्षा १ देखि ५ सम्म सञ्चालन गर्ने गरी खप्तड शिक्षा सदन नाम विद्यालयलाई स्वीकृति प्रदान गरेको थियो ।
विद्यालय दर्ता भै स्वीकृति दिइएपनि झलारी क्षेत्रमा सो विद्यालयका भौतिक संरचनासँगै पठनपाठनको कार्य भएन।

सञ्चालनमा नआएको विद्यालयलाई विसं २०६७ सालमा पुनः स्तरोन्नती गरी कक्षा ६ देखि ८ सम्म पठनपाठन गर्ने सहमति दिइयो। तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले विद्यालय सञ्चालनमा रहेको र आवश्यक प्रकृया पुगेको भन्दै विद्यालय सञ्चालनको अनुमति दिएका थिए ।

नगरपालिका क्षेत्रमा सञ्चालनको अनुमति पाएको, तर सञ्चालनमा नआएको विद्यालयलाई सार्न सञ्चालक समितिका अध्यक्ष देवराज अवस्थी र सञ्चालक केशवदत्त अवस्थीले नगरपालिकाको शिक्षा शाखामा साउन १४ गते निवेदन दिएका थिए। उनीहरूको निवेदनमा खप्तड विद्या सदन सञ्चालन हुन नसक्ने अवस्थामा भएको हुँदा शैक्षिक सत्र २०७७ देखि बेलौरी नगरपालिका ४ मा सार्ने र विद्यालय सार्नका लागि नगरपालिकाबाट सहमति माग गरिएको छ।

शिक्षा शाखामा दिइएको निवेदनलाई आधार मान्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रप्रसाद भट्टले नगर प्रमुखस्तरीय निर्णय अनुसार विद्यालय सार्ने सहमति दिए। सहमति दिनका लागि बेलौरी नगरपालिकालाई पत्र लेखेपछि विवाद चुलिएको हो ।

नगरपालिका क्षेत्रमा सञ्चालनमै नआएको विद्यालयलाई कर समेत छुट दिई स्थानान्तरण सहमति दिएको आरोप लगाउँदै नगरपालिका क्षेत्रका शिक्षक र विद्यार्थी संगठनका अगुवाहरुले आन्दोलन थाले । नगर प्रमुखसँग अस्तित्वमै नरहेको विद्यालयलाई सार्ने सहमति पत्र कसरी दिइयो भन्नेबारे तीन दिनभित्र जवाफ माग गरिएको थियो।

आन्दोलनकारीहरूले जवाफ नपाएपछि नगरपालिकाको शिक्षा शाखा र नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । सहमतिपत्र बदर गर्न र सहमति दिने माथि कारबाही भए मात्रै ताला खोल्ने कुरा जनाए। राजनीतिक दल, नगरपालिका कार्यालय विच बैठक सबेर निकास निकाल्ने सहमति भएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्