चकलेटी नायक जीवन लुइटेलको आज ३९ औँ जन्मदिन

नेपाली चलचित्र क्षेत्रमा एक दशक सम्म बलियो स्थान बनाएका नायक जीवन लुइटेल हाल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन आज आफ्नो जन्मदिन मनाउँदैछन् । आजबाट ३९ बर्षमा प्रवेश गरेका नायक लुइटेलले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘तिर्खा’ हो । उनी, सन् २००२ का ‘मिस्टर नेपाल’ समेत हुन् ।

जीवनले करिअरमा ६० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘सानो संसार, मेरो एउटा साथी छ, कसम हजुरको, नसिब आफ्नो, नाई नभन्नु ल, म तिम्रो भैसकेँ, मालतीको भट्टी, अन्दाज, रिदम, नोटबुक, नाई नभन्नु ल २, स्टूपिड मन’ लगायतका चलचित्र चर्चामा रहेका थिए ।

वि.सं २०६४ बाट चलचित्र करिअर आरम्भ गरेका जीवनले वि.सं २०७४ सम्म चलचित्रमा काम गरे । तर, उनको करिअरमा ‘स्टूपिड मन’ रिलिजपछि खासै सुखद चलचित्र आएनन् । यसपछि, उनी अमेरिकातर्फ लागे । विगत ३ बर्षदेखि अमेरिकामा रहेका जीवन साहित्य र क्रिकेटमा निकै नै सौखिन थिए । उनी, कविता पनि कोर्ने गर्छन् ।

जीवन लुइटेलले काम गरेका अधिकांश चलचित्रका गीतहरु सुपरहिट भए । जसले, उनलाई रोमान्टिक नायकको रुपमा चलचित्र क्षेत्रमा स्थापित गर्यो । ‘नाई नभन्नु ल, स्टूपिड मन, गाला रात्तै, म तिम्रो भैसकेँ, सिम्पल सिम्पल कान्छीको, ए ठूली’ लगायतका गीतहरु चर्चित भए ।

नेपाली चलचित्र क्षेत्रका चकलेटी नायकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्