कञ्चनपुरमा २४ कोरोना संक्रमित आईशोलेसनमा, ३४४ को पिसिआर रिर्पोट आउन बाँकी

महेन्द्रनगर २५ भदौ ।
कञ्चनपुरमा २४ जना कोरोना संक्रमित अझै आईशोलेसनमा रहेको पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरकी स्रोत व्यक्ति प्रतिमा महताका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा २४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

उनका अनुसार भीमदत्तमा १३, शुक्लाफाँटामा ४, पुनर्वासमा ३ र वेदकोट, कृष्णपुर, बेलैरी र लालझाडीमा १\१ जना संक्रमित रहेका छन् । भने माहाकाली र बेलडाँडीमा हाल कोरोना संक्रमित छैनन् । संक्रमितलाई महाकाली अस्पतालको आईशोलेसनमका राखिएको छ ।
कञ्चनपुरका हालसम्ममा ७ सय ३ जना संक्रमित भएकोमा ६ सय ७९ जना निको भई घर फर्केको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस्तै बिहिबारसम्ममा ३ सय ४४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको छ । उनिहरुको रिर्पोट आउन बाँकी छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्