कञ्चनपुरका पत्रकारले नयाँ सिडियोलाई भने: ‘डोके बजारको सुरक्षा व्यवस्था प्राथमिकतामा परोस्’

महेन्द्रनगर २५ भदौ । कञ्चनपुरका पत्रकारले जिल्लाको जिम्मेवारी पाएका नयाँ प्रमुख जिल्ला अधिकारी राम कुमार महतो(सिडीयो)लाई सीमा क्षेत्रमा अवस्थीत डोके बजारको सुरक्षालाई प्राथमिकतामका राख्न आग्रह गरेका छन् । बिहिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आयोजिक जिल्लाका पत्रकारसँगको भेटघाट कार्यक्रम पत्रकारले यस्तो आग्रह गरेका हुन् । पत्रकारले पछिल्लोमा उत्पन्न डोके बजारको विवाद समाधानका लागि त्यहाँको सुरक्षा व्यवस्थाका लागि तत्काल पहल गर्न आग्रह गरेका हुन् ।

कैलालीको सीमा क्षेत्र डोके बजारमा सु्रक्षासहित भन्सार स्थापनाका लागि यस अघिका सिडियो नुरहरि खतिवडाले पहल सुरु गरेपछि विवाद चर्चामा आएको छ । सुरक्षा व्यवस्था कडा नहुदाँ जिल्लाको दक्षिण क्षेत्रबाट चोरी निकासी तथा तस्करी हुनेका साथै अपराधिक गतिविधि बढेपछि तत्कालिन सिडियो खतिवडाले एक्सन लिएका थिए ।
कार्यक्रममा बोल्दैँ कञ्चनपुरका पत्रकार महासंघका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारीले सीमा क्षेत्रको डोके बजारको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले पछिल्लो सयममा आफ्नो क्षेत्रमा पर्ने डोके बजारका सुुरक्षा र अपराधिक गतिविधिख नियन्त्रणका लागि तत्काल पहल गर्नुपर्ने कञ्चनपुरवासिमा चाहाना रहेको उल्लेख गदैँ निवर्तमान अध्यक्ष तिवारीले भने ‘पछिल्लो समयमा सिडियो सापको सरुवा भएपछि यो विषयले चर्चा पाएको छ, सीमा बजारमा कञ्चनपुरको सुरक्षा उपस्थीतिको तयारी भएपछि राजनीतिक दवावमा सिडियो फेरीएको भने आम बुझाईछ ।’ उनले अगाडी थपे ‘जिल्लाको सुरक्षा व्यवस्था सम्बन्धित प्रशासन कार्यालय भएकाले यसलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यक छ ।’

त्यस्तै राष्टिय समाचार समितिका पत्रकार शेर बहादुर सिंहले पनि डोके बजारको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सिडियो महतोको ध्यानार्कषण गराए । उनले जिल्लाको भौगोलिक क्षेत्रमा प्रशासनको सम्बन्धित प्रशासन कार्यालय जिम्मेवारी रहेको बताउँदै पत्रकार सिंहले भने ‘अहिले यो विषयले चर्चामा भएकोले त्यस ठाँउमा सुरक्षा व्यवस्थासँगै भन्सार कार्यालय राख्ने कुरा उठेको छ, तपाँईको कार्यालयकामा यस कुराले पुर्णता पाओस् ।’


त्यस्तै पत्रकार महासंघ कञ्चनपुरका सह सचिव मोहेन विष्टले सीमा बजारको अध्ययन र अनुगमन गरि विवाद समाधान गरिनु पर्ने बताए । उनले डोके बजार कञ्चनपुरको भु–भाग भएपछि त्यहाँ जिल्लाको सुरक्षा प्रशासन पुग्न नसकेको गुनासो गरे । तत्काल यस विषयमा अध्ययन र छलफल गरि सुरक्षा व्यवस्थाको प्रवन्ध गर्नु पर्ने उनको भनाई छ । ‘भारतसँग सीमा विवाद हुदाँ कञ्चनपुरवासिले सहन पर्छ, केही वर्ष अगाडी मात्रै कञ्चनपुरका गोविन्द गौतमले सीमाको रक्षाका लागि ज्यान गुमाए पत्रकार विष्टले भने तस्करी र व्यापारि फाईदाका लागि कञ्चनपुरको क्षेत्रमा कैलालीका शासन हुनु दुखद कुरा हो ।’


त्यस्तै कञचनपुरका पत्रकार सन्तोष नेपालीले पनि डोके बजार र्निविवाद कञ्चनपुरको भुमी भएकाले त्यहाँ जिल्लाको सुरक्षा व्यवस्था तत्काल गर्नु पर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दैँ जिल्लाका पत्रकारले अन्य समस्याबारे जानकारी गराएका थिए ।
नव आगन्तुक प्रमुख जिल्ला अधिकारी महतोले अन्तर निकाय समन्वयको आधारमा अगाडी बढ्ने बताए । उनले विवाद समाधानका लागि सम्बन्धि सबै सरोकारवाला निकायसँग छलफल गरि सोही आधारबाट काम गर्ने बताए । साथै उनले डोके बजारमा भन्सार र सुरक्षाका व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्