कुन खानेकुराबाट कस्तो पोषक तत्व पाइन्छ ?

भनिन्छ, खाना नै ओखती हो । अर्थात हाम्रो प्राण बचाउन मात्र होइन, निरोगी राख्न, तन्दुरुस्त राख्न, उर्जावान राख्न पनि खानेकुराकै भूमिका हुन्छ । खानेकुराले नै हामीलाई बलियो, स्वस्थ राख्छ । शरीरमा लाग्ने अनेकन रोगबाट बचाँछ ।

शरीर संचालन एवं जीवित रहनका लागि विभिन्न पोषक तत्वको खाँचो हुन्छ । त्यस्ता अधिकांश पोषक तत्वको स्रोत खानेकुरा हुन्, जो हामी दैनिक खाइरहेका हुन्छौं । चामल, आलु, दाल, गोलभेडा, सागपात, फलफूल, दुध आदि सम्पूर्ण खानेकुराबाट हाम्रो शरीरले पोषक तत्व ग्रहण गर्छ । यसरी सन्तुलित हिसाबले जब शरीरलाई पोषक तत्व प्राप्त हुन्छ, हामी निरोगी र तन्दुरुस्त रहन्छौं ।

अतः शरीरलाई आवश्यक पोषक तत्व विभिन्न खानेकुराबाट पाइन्छ । हरेक खानेकुरामा भिन्न भिन्नै पोषक तत्व हुन्छ । जस्तो अन्न एवं आलुमा जुन पोषक तत्व प्रचुर मात्रामा हुन्छन्, फलफूल एवं सागपातमा अर्कै पोषक तत्व पाइन्छ । यसरी शरीरलाई आवश्यक पोषक तत्वका लागि हामीलाई थरीथरीका खानेकुरा आवश्यक हुन्छ ।

सन्तुलित भोजनको सेवनले शरीरलाई स्वस्थ तथा र स्फूत राख्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरुबाट शरीरलाई सुरक्षा प्रदान गर्छ ।

पोषणविद्हरुका अनुसार सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे«ट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो ।

सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गर्नुपर्छ । शरीरलाई स्वस्थ राख्न वोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूको तेल, सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।

दूध, दही, पनीर लगायतका दूग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा वोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा कोषको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मुख्य भूमिका खेल्छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्