स्थानीय तहलाई कोरोना सुरक्षा सामाग्री हस्तान्तरण


महेन्द्रनगर २ अशोज ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि विभिन्न प्रयास भईरहेका छन् । महाकारीको विषय परिस्थितीमा कोभिड–१९ रोगथामकासँगै राहत वितरण कार्यमा कञ्चनपुरको सामाजिक संस्था निड्स अग्र पङत्ती देखिन्छ ।
निड्स नेपालले विभिन्न दातृ निकायसँगको सहकार्य तथा साझेदारीमा कोरोना संक्रमणको यस विषम परिस्थितीमा महत्वपुर्ण भुमीका निर्वाह गरिरहेको छ ।


कोेभिड–१९ को व्यवस्थापनका लागि आपतकालिन जनस्वास्थ्य कार्यक्रम अन्र्तगत जिल्लाका नौ वटै स्थानीय तहमा सुरक्षा सामाग्री वितरण गरिएको हो ।
निड्सका कोभिड १९ व्यवस्थापनका लागि आपतकालिन जनस्वास्थ्य कार्यक्रमका अधिकृत प्रेम बहादुर विकले अक्सफामको प्राविधिक सहयोग तथा साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार भारतबाट नेपालमा बसाई सराई क्वारिन्टाइन र एकान्तवासमा बसेका मानिसहरुको अवस्थाको पहिचान गरि स्थानीय तहलाई आवश्यक सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।


बुधबार जिल्लाका सबै स्थानीय तहलाईमा निड्सले सुरक्षा सामाग्री वितरण गरेको छ । जस अन्र्तगत क्योरेन्टाईन, आईशोलेसनलाई आवश्यक सामाग्री सामाग्री हस्तान्तण गरिएको कार्यक्रम अधिकृत विकको भनाई छ । निड्सले जिल्ला स्थित स्थानीय तहका प्रमुख एंव उप प्रमुखलगायतका जनप्रतिनिधिहरुलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

स्थानीय तहलाई हस्तान्तरण गरिएको कोरोना सुरक्षा सामाग्रीको विवरण

बेलडाँडी गाँउपालिकाका अध्यक्ष धन बहादर थापाले सुरक्षा सामाग्री ग्रहण गर्दै निड्सलाई धन्यवाद दिए । उनले कोरोना संक्रमणको विषयम परिस्थितीमा पाएको सहयोगले गाउँपालिकालाई निकै सहज हुने बताए ।


‘हामीलाई क्यारेन्टाईन तथा आईशालेसन व्यवस्थापनका लागि थुप्रै सामाग्री आवश्यक थियो ।’ गाँउपालिका अध्यक्ष थापाले भने ‘हामीले किन्दा गाउँपालिकाको बजेट खर्च हुन्थ्यो, दाताबाट पाएपछि गाँउपालिकाको बजेट पनि बच्छ, जसलाई विकास निर्माणका कार्यमा लगाउन सकिन्छ ।’


त्यस्तै बेलौरी नगरपालिकाकी उप प्रमुख चित्रा चौधरीले पनि सहयोग समाग्री बुझ्दै निड्सलाई धन्यवाद दिईन् । उनले निड्सले गरेको सहयोग नगरपालिका लागि महत्वपुर्ण हुने बताईन् ।


त्यस्तै सोही कार्यक्रम अन्र्तगत निड्सले पुनर्वास नगरपालिकालाई निड्सले तीन वटा अटो स्यानिटाईजर मेसिन र स्यानीटाईजर हस्तान्तरण गरेको छ । पुनर्वासकी उप मेयर शारदा शर्मा विष्टले नगरपालिकाका लागि आत्याआवश्यक सामाग्री पाएकोमा दातालाई धन्यावाद ज्ञापन गरिन् ।


‘यो कोरोनाको विषय परिस्थितीमा विभिन्न दातृ निकायबाट पाएको सहयोगले हामीलाई सहज भएको छ ।’ उनले भनिन् ‘यस्तो महत्वपुर्ण सहयोगका लागि नगरपालिकाकोतर्फबाट धन्यावाद दिन चाहान्छु ।

साथै अगामी दिनामा पनि सहयोग र सहकार्यका अपेक्षा छ’ कञ्चनपुरको दक्षिण क्षेत्रमा रहेका स्थानीय तहमा निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र जोशी, कार्यक्रम अधिकृत पे्रम बहादुर विक लगायत पत्रकारसहितको टोलिले सहयोग सामाग्री हस्तान्तरण गरेको हो । त्यस्तै वेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायका स्थानीय तहमा निड्स नेपालकी अध्यक्ष अञ्जु भट्ट लगायतको टिमले सहयोग हस्तान्तरण ग¥यो ।


वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले कोरोना सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले स्थानीय तहलाई यस्ता सामाग्री अत्याआवश्यक भएको बताउँदै दातृ संस्थालाई धन्यवाद दिए ।

निड्सले उक्त कार्यक्रम अन्र्तगत स्थानीय तहहरुमा कोभिड १९ सुरक्षाका सामाग्रीहरु वितरणसँगै ४९ वटा फुट पे्रस मेसिन, २५ स्थानमा शौचालय मर्मत, १६ वटा क्वारिन्टाइन तथा एकान्तबासहरुमा कोठा मर्मत, ७ वटा खानेपानी सुधार, गड्डाचौकी र श्रीनगर डोकेबजारका हेल्थ डेस्कमा सुरक्षाका सामाग्री तथा फर्निचर सहयोग साथै ४ जना मनोसामाजिक बिमर्श सम्बन्धि तालिम प्राप्त स्वयंसेवक परिचालन समेत गरिएको कार्यक्रम अधिकृत विकको भनाई छ ।

निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र जोशीले कोरोना भाईरसको संक्रमण न्युनिकरणका लागि सहयोग गरिएको बताए । उनका अनुसार निड्सले विषम परिस्थितीमा सुदूरपश्चिममा अग्र पंङ्त्तीका रहेर सामाजिक सेवामा लागि परेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्