आइपीएलमा चेन्नाइको विजयी सुरुवात


मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ।

युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

चेन्नाईका लागि अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले अविजित रहदै ५५ रन जोडे।

मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डया र राहुल चाहरले १(१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

मुम्बईका सौरभ तिवारीले ४२क्विनटन डी ककले ३३, केइरन पोलार्डले १८ रन जोडे।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट तथा रबिन्द्र जडेजा र दिपक चाहरले २(२ विकेट लिए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्