हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई
वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबिच कार्यक्रमका उपलब्धि तथा सिकाई नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

युसयएसएआईडीको आर्थिक सहयोगमा डब्लुडब्लुपी नेपाल, केयर नेपाल, फेकोफन तथा एटीएनसीद्धारा वेदकोट नगरपालिकामा साझेदार संस्था निड्स नेपाल र सिसिएनबाट उक्त कार्यक्रम सञ्चालित रहेको थियो ।


निड्सका हरियो वन कार्यक्रम अधिकृत केशब मलासीले कार्यक्रम अवधि भरका उपलब्धि नगरपालिकालाई हस्तान्तरण गरिएको बताए ।
उनका अनुसार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको अध्यक्षमा भएको कार्यक्रममा नगर उप प्रमुखसहित १० वटै वडाका वडाध्यक्ष, लक्षीत समुदायका प्रतिनिधि तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

साथै अनलाईन जुममार्फत हरियो वन कार्यक्रम प्रमुख डा. शान्तराज ज्ञवाली, उप प्रमुख सन्देश हमाल, टिम लिडर देवराज गौतमलगायतको उपस्थिती रहेको थियो । कार्यक्रका टिम लिडर गौतमले कार्यक्रमका हालसम्मका उपलब्धि तथा सिकाईबारे प्रस्तुतीकरण गरेका थिए ।

हरियो वन कार्यक्रमले जैविक विविधता, जलवायु अनुकुलन, विपद् व्यवस्थापन, सुशासन तथा लैङ्गिक समानताका क्षेत्रमा उल्लेख्य सुधार भएको निष्कर्ष निकालेको छ । उक्त कार्यक्रमको सामुदाय स्तरबाट पनि प्रभावकारी रहेको भन्दै उच्च मुल्याङकन गरिएको छ ।


सामुदायिक वन उपभोक्ता महासंघ वेदकोटका अध्यक्ष राजुराम शार्कीले कार्यक्रम प्रभावकारी रहेको बताए । उनले कार्यक्रम प्रभावकारी रहेका बताउँदै यसको दिगो व्यवस्थापनमा जोड दिनुपर्ने उल्लेख गरे ।


साथै कार्यक्रममा निड्सका कार्यकारी निर्देशक भवराज रेग्मी र कार्यक्रम अधिकृत केशब मलासीले सामुहिक कार्ययोजना र भावी कार्य योजनाका बारेमा सहजिकरण गरेका थिए ।


त्यस्तै हरियो वनका प्रमुख ज्ञवालीले कार्यक्रम कार्यान्वन तथा दिगोपना सुनिश्चिता गर्न सहयोग गर्ने सबै धन्यवाद दिए । कार्यक्रम वेदकोट नगरपालिका १,४,५ र १० वडामा सञ्चालित रहकोे थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्