वेदकोट नगरपालिकाद्धारा राजमार्ग र बजार क्षेत्रमा सोलार प्यानलसहित क्यामेरा जडान

कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि क्यामेरा जडान गरेको हो ।


नगरपालिकाले उज्यालोका लागि सोलार प्यानलसहित राजमार्ग क्षेत्रका भिडभाड बढी हुने क्षेत्रमासीसी क्यामेरा जडान गरेको हो । वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले सुरक्षा व्यवस्थापन र अपराधिक गतिविधि नियन्त्रणका लागि
क्यामेरा जडान गरिएको बताए । ।


वेदकोटले शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाको सीमाना, दैजी बजार क्षेत्र र चम्फापुर बजारका मुख्य–मुख्य चोकमा २५ वटा नाइटभिजन सीसी टीभी क्यामेरा जडान गरेको हो । २५ वटा नाइटभिजन सीसी टीभी क्यामेरा र १ सय १६ वटा सोलार प्यानल जडान गर्न नगरपालिकाले अमृत–बोहरा जेभिसंग १ करोड १३ लाखमा ठेक्का सम्झौता भएको छ ।

पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाटा नगरपालिका संग जििोडएको सीमा प्रारम्भ रेखा चम्फापुर पुलदेखि सामादैजी, दैजी,सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

नगर प्रमुख चन्दका अनुसार क्यामेरा तथा सोलार प्यानल जडान गर्न नगरले नै बजेट विनियोजन गरेको हो । –नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ’, उनले भने ‘नगरपालिकामा स्वदेशी लगायत विदेशी पर्यटकको आवागमन बढेसँगै उनीहरुमा दुर्घटना र हानी नहोस् भनेर सो काम गरेका हौँ ।’

क्यामेरा तथा सोलार प्यानल जडान भएपछि मुख्य चोकमा झिलिमिलि भएको छ । जसले गर्दा पहाडबाट नगर भित्रिने र नगरबाट पहाड जाने यात्रुहरुलाई समेत रातीको समयमा निकै सहज हुने भएको छ ।


वेदकोट नगरपालिकाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त भए मात्र त्यहाँ रहेका उद्यान, वनभोज क्षेत्र र धार्मिक क्षेत्रमा बढीभन्दा बढी मानिसको आवागमन बढाउन सकिने उनको विश्वास छ । सीसी क्यामेरा जडान भएसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने नगर प्रमुख चन्दको विश्वास छ ।

वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम रहने छ भने सोही ठाउँबाट क्यामेराको निगरानी गरिने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्