हरेकको शरीर आफैमा सुन्दर छ

तपाईं मोटो हुनुहोस् वा दुब्लो, अग्लो हुनुहोस् वा होचो, गोरो हुनुहोस् वा कालो । यी सबै प्राकृतिक रुप हुन् । र, प्रकृतिका हरेक रचना आफैमा सुन्दर हुन्छन् । तपाईं पनि सुन्दर हुनुहुन्छ, जब अरुसँग आफुलाई तुलना गर्नुहुन्न । तपाईं जस्तो हुनुहुन्छ, आफुलाई त्यही रुपमा स्विकार्नुपर्नेछ ।

मान्छेले आफ्नो शरीरलाई लिएर न दम्भ पाल्न उचित छ, न ग्लानी नै महसुष गर्नुपर्नेछ । तपाईं तटस्थ भएर हेर्नुहोस्, सबै ठीकठाक छ । यसै सन्दर्भमा बिबिसीले एउटा अभियानबारे आलेख प्रकाशित गरेको छ, जसले शरीरको बनौट र रुपरंगलाई फरक आयममा व्याख्या गर्छ ।

सामाजिक सञ्जालको भित्तामा चहार्दैगर्दा हामीले आफ्नो मोबाइलमा बारम्बार विभिन्न किसिमको सुन्दर अनुहार देख्ने गर्छाैं । यी सुन्दर अनुहारसँग आफूलाई दाँजेर कति मान्छे आफैँ दुःखी समेत हुने गर्छन् ।

पछिल्लो समय विकास भएको टिकटक र इन्स्टाग्रामजस्ता साइटहरूमा भने आफ्नो शरीरको हाउभाउ र आफ्नो कलाका कारणले झनै मान्छेले आफ्नो शरीरलाई हेरेर आफैँले कमजोरी महसुस गर्ने गरेको पाइन्छ । पछिल्लो समय आफ्नो शरीरको बारेमा आउने यस्ता नकारात्मक सोचाइविरुद्ध विश्वका विभिन्न मुलुकमा अभियान नै सुरु भएको छ । अहिले केही महिला अभियन्ताहरूले शरीरको विषयलाई लिएर लाज मान्न नहुने आन्दोलन चलाउने गरेका छन् ।

धेरैले सुनेको पनि हुन सक्छन् आफ्नो शरीरको बारेमा सकारात्मक सोचको विकास गराउने यो अभियानको बारेमा । यसमा मोटा महिला र पुरुषलाई आफू जे छु ठीक छु भन्ने बारेमा उत्प्रेरणा दिने गरिन्छ । साथमा शरीरको संरचना, लिंग, जाति, शारीरिक क्षमता आदि जस्तो छ, त्यसैलाई राम्रो हो भन्ने सोचको विकास गर्ने गरिन्छ ।

शरीरको विषयलाई लिएर लजाउनु भनेको के हो ?

इरेन वर्णन गर्छिन् कि शरीरको बारेमा निष्पक्ष र तटस्थ हुनको अर्थ सकारात्मक र नकारात्मक सोचको बीचको स्थिति हो । उनी भन्छिन्, “कहिलेकाँही हामीमाथि दबाब आउँछ कि हामी हाम्रो शरीरलाई जहिलै माया गरिरहन्छौं, आफ्नो शरीरको बारेमा मात्रै धेरै सोचिरहन्छौं । ताकि हामीमा त्यो विश्वास जगाउनु ठीक छ कि शरीरको हेरचाह गरिरहने बानी छ भने ठीक छ, शरीरलाई वास्तै नगर्ने बानी छ भने पनि केही गलत छैन ।’

‘यदि तपाईं आफ्नो शरीरका साथ मोहित हुनुहुन्न भने तपाईंले जीवनमा असफल भएको महसुस कहिलै पनि गर्नु हुँदैन ।’ इरेन भन्छिन् कि उनी आजभोलि यस विषयमा कडा रूपमा प्रस्तुत हुँदैछिन् ।

यदि मैले म आफ्नो शरीरलाई घृणा गर्छु, म आफ्नो शरीरको यो अंश बदल्न चाहन्छु वा म आफ्नो शरीरलाई माया गर्छु, म सुन्दर छु, म देवी जस्तो देखिन्छु र कहिलेकाँही मलाई मेरो शरीरलाई म घृणा गर्दिन भन्ने जस्ता सोच नल्याएर म जस्तो सुकै हुँ त्यही ठीक छु भन्ने सोच राख्नु नै शरीरको बारेमा तटस्थ सोच हो ।

शरीरको बारेमा तटस्थ रहन गरिएको यो आन्दोलनले उसको दिमागमा भएको एउटा बोझ हटाएको छ । पहिले उनलाई यही सोचले सताउने गथ्र्याे । तर उनले महसुस गरिन् कि सधैं यस किसिमले सोच्नुहुँदैन ।

यो अभियानमा अहिले उनी एक्ली छैनन् । यस विषयमा मानिसहरूले इरीनको टिकटक मनपराएर पनि उनलाई साथ दिइरहेका छन् । उनको टिकटकको यही विषयमा तयार पारेको भिडियोमा हालसम्म ५२ हजार लाइक आइसकेको छ । यो आन्दोलनले पनि ठूलो ख्याति प्राप्त गरिरहेको छ । ३दयमथल्भगतचबष्तिथ को नामबाट बनाइएको टिकटकलाई ६० लाख जनाले हेरिसकेका छन् । इन्स्टाग्राममा यसको नतिजा ६३ हजार पुगेको छ । साथमा मानसिक स्वास्थ्य विशेषज्ञहरू बीचसमेत लोकप्रिय भइरहेको यो अभियानमा आफ्नो शरीरलाई बोझ सम्झिनेहरू भने सहभागी हुने गरेका छैनन् ।

म यसलाई कसरी अभ्यस्त बनाउन सक्छु ? विशेषज्ञहरूको यसबारेमा कस्तो धारणा छ ?

इरीन भन्छिन् ‘तपाई आफैले यसको अभ्यास सुरु गर्नुहोस् । यसको उत्तम तरिका आफैँसँग कुरा गर्नु र यसलाई व्यवहारमा उतार्नु हो ।

यदि तपाईंले आफ्नो अनुहार ऐनामा हेर्ने गर्नुभएको छ भने तपाईंले आफू सुन्दर छु भनेर भन्न नसक्नु होला । किनकि आफ्नो अनुहार हेरिसकेपछि म सुन्दर छु भन्ने कुरामा आफैँलाई विश्वास गर्न सक्नुहुन्न । तर तपाईं पक्कै पनि भन्न सक्नुहुन्छ कि तपाईं एउटा मान्छे हो, किनकि तपाईंको रुप जस्तो भए पनि तपाईं मान्छे हो भन्ने पहिलो सत्य हो ।

मानसिक स्वास्थ्य चिकित्सक डा. मोर्गन फ्रान्सिस कतिपय मानसिक बिरामीहरूलाई आफ्नो शरीरको कदर गर्न सुझाव दिन्छन् । हाम्रो शरीरले हामीलाई के काममा फाइदा गर्ने गरेको छ ? त्यो विषयलाई सोचेर व्यवहार गर्न पनि उनीहरूले सुझाव दिने गरेका छन् । यसले मानसिक स्वास्थ्यमा समेत सकारात्मक फाइदा गर्ने चिकित्सक बताउँछन् । -अनलाइनखबर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्