सुदूरपश्चिम दशनामी नाथ योगी समाजद्धारा क्यान्सर पीडित पाललाई ४० हजार सहयोग


महेन्द्रनगर ६ असोज ।
सुदूरपश्चिम दशनामी नाथ योगी समाजले क्यान्सर पीडित दीपेन्द्र पाललाई आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत दार्चुलाको लेकम गाउँपालिका–४ का क्यान्सर पीडित पाललाई सहयोग रकम प्रदान गरेको हो ।
सुदूरपश्चिम दशनामी नाथ योगी समाजले संकलन गरेको ४० हजार ६४० रुपैया पिडीत पालकी बहिनी जानकी पालको खातामा जम्मा गरिएको छ । समाजले भदौ १५ देखि मंगलबारसम्म सहयोग संकलन गरी खातामा जम्मा गरिदिएको सहयोग संकलन अभियानकर्मी मधुसुमन नाथले बताए । उनका अनुसार यो अवधीमा ५८ जनाबाट ४० हजार ६४० रुपैंया संकलन भएको हो ।

‘पाललाई उपचारका लागि आर्थिक अभानव भएको खबर पाएपछि हामीले देश विदेशमा रहेका सबै नाथ योगीहरुलाई सहयोगको आग्रह गरेका थियौं,’ अभियानकर्मी नाथले भने, ‘देश विदेशमा रहेका सबैले सक्दो सहयोग गरे ।’


सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसमा व्यवास्थापन संकायमा बिबिएस चौथौँ वर्षमा अध्ययनरत पाललाई धनगढीमा उपचारका क्रममा ब्लड क्यान्सर देखिएको थियो । हाल उनको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ब्लड क्यान्सर र बोनम्यारो प्रत्यारोपणका लागि २१ देखि २५ लाख सम्म खर्च लाग्ने भएकाले पाल आफैले सहयोगका लागि सबै समक्ष आग्रह गरेका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्