साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

असोज ७, काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ ।

बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

फोटोमा देखिने प्रकाशलाई कसैले चिनेमा या उहाँको आफन्तको बारेमा जानकारी भएमा साउदीमा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या अयलचष्थबमज२mयाब.नयख.लउमा इमेल गर्न पनि अनुरोध गरिएको छ

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्