गायक चेतन बोहराको ‘फूलको माला ’सार्वजनिक(भिडियो सहित)

महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतना बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र गायिका मेलिना मैनाली स्वर रहेको फुलको माया गित बिहिबार चेतना बोहरा युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
उक्तमा चर्चित गित छोटो छ जिन्दगीकी गायिका वर्षा भण्डाराको शब्द रहेको छ । नेपालीहरुको महान चाँड दशैँको पुर्व सन्ध्यामा गित सार्वजनिक गरिएको गायक बोहराले बताए ।

‘हामी सबै नेपालीको महान चाँड दशैँ नजिकै आईरहेको छ ।’ गायक बोहराले भने ‘दशैँमा घर आउन नपाएका विदेशमा रहेका नेपाली दाजुभाईको मनोभावनालाई गितमा समेटिएको छ ।’ काफल गेडिको सफलतापछि गायक बोहराले नयाँ गित सार्वजनिक गरेका हुन् ।

काठमाडौँ छायाङ्कन गरिएको यस गितको म्युजिक भिडीयोको निर्देशन हिम सागर बमले गरेका हुन् । भने अरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

त्यस्तै म्युजिक भिडियोमा मुख्य भुमिकामा मोडल चेतन र वर्षा रहेका भने साईट रोलमा अमर बोहरा र तपेन्द्र तिमेल्सीना देखिएका छन् । दशैँ गितलाई आम दर्शकले मन पराउनेमा विश्वस्त रहेको उनको भनाई छ ।

भिडियो हेर्नुस्

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्