कञ्चनपुरकी जुम्ल्याहा बच्चा जन्माएपछि कोरोना संक्रमण पुष्टी भएकी सुत्केरीको मृत्यु

कञ्चनपुर । असोज १८
बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ।

फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कञ्चनपुरको भीमदत्त-२ ठेगानाकी २९ वर्षीया सुत्करीको उपचारका क्रममा आज (आइतबार) बिहान ४ः३० बजे मृत्यु भएको हो।

कञ्चनपुरको धनगढीस्थित सेती अस्पतालमा उनले एक छोरा र छोरी जुम्ल्याहा जन्माएकी थिइन्। त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेसन गरिएको थियो।

रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि यही असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।

तर उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचार गराएका ९ संक्रमितको मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले प्रेस विज्ञप्तिबाट जानकारी दिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्