वेदकोटमा भूमिहिनका लागि घर निर्माण गरिदैँ, नगर प्रमुखद्धारा शिलान्यास

महेन्द्रनगर २० असोज । कञ्चनपुरको बेदकोट नगरपालिका–५ का भूमिहिनको लागि घर निर्माण कार्य सुरु गरिएको हो । मंगलबार धरमपुरस्थित मुक्ती सिविरमा पाँच घर निर्माण कार्यको शिलान्यास गरिएको हो ।

नमूना बस्ती अन्तर्गत भूमिहिन शिविरमा पाँच घर निर्माण कार्यको नगर प्रमुख अशोक कुमार चन्दले शिलान्यस गरे ।
चेरे मधेस समृद्धी कार्यक्रम र नगरपालिकाको सहकार्यमा भूमिहिनका लागि घर निर्माण गरिन लागेको हो ।


नगर प्रमुख चन्दले तीन महिनामा निर्माण कार्य सक्ने गरि योजनाको काम अगाडि बढाईएको बताए । उनका अनुसार भूमिहिनका लागि एउटा बरण्डा सहितको दुई कोठे घर र शौचालय निर्माण गरिने शौचालय निर्माण गरिनेछ ।


‘लामो समयेदखि मुक्ती सिविरमा बस्दै आएको भूमिहिनिनलाई आफ्नै पक्कै घर नहुदाँ असुरक्षित थिए ।’ नगर प्रमुख चन्दले भने ‘यस अगाडी सिविरमा आठ वटा घर निर्माण भईसकेका छन्, अन्य घर निर्माणका लागि प्रदेश सरकारसँग पनि पहल भईरहेको छ ।’
७२ परिवार रहेको मुक्ती सिविरमा आठ वठा नमुना घर निर्माण भईसकेका छन् भने पाँच घरको निर्माण कार्य सुरु भएको छ ।


घर निर्माणका लागि गत आर्थिक वर्षमा नै ठेक्का सम्झौता भईसकेको भएपनि कोरोना भाईरसको संक्रमणका कारण निर्माण कार्य अवरुद्ध भएको थियो । बछेला सामुदायिक वनको क्षेत्रमा पर्ने उक्त वस्तीमा घर निर्माणका लागि सामुदायिक वन र डिविजन वन कार्यायलसँग समन्वय गरिएको नगर प्रमुख चन्दको भनाई छ ।


नगरपालिकाले घर निर्माणका लागि बुढी घटाल निर्माण सेवासँग २९ लाख १३ हजारमा ठेक्का सम्झौता गरिएको छ ।
त्यस्तै बेदकोट नगरपालिका–५ का वडाध्यक्ष गणेश विकले भूमिहिनको सुरक्षित वासका लागि घर निर्माण गरिन लागेको बताए ।

उनका अनुसार वडा कार्यालयले भूमिहिनको समस्यालाई मध्य नजर गदैँ नमुना घर निर्माणका लागि योजना अगाडी सारेको हो । ‘दैनिक ज्यालादारी गरि खाने वर्गले पैसा कमाएर घर बनाउन सक्दैन् ।’ वडाध्यक्ष विकले भने ‘सरकारले घर निर्माण गरि दिए उनिहरुले कमाएका पैसा छोराछोरीका राम्रो शिक्षामा खर्च गर्न सक्छन् त्यसले समाज उन्नत बन्छ ।’


उक्त शिविरमा यस अघि कञ्चनपुर निर्वाचन क्षेत्र–२ का संघिय सांसद नर बहादुर धामीको निर्वाचन क्षेत्र विकास कोष अन्र्तगत आठ वटा घर निर्माण भईसकेका छन् ।

पक्कै घर बन्दा भुमिहिन हर्षित


१५ वर्ष देखि शिविरमा बस्दैँ आएको भूमिहिनले पक्की घर निर्माण हुन थालेपछि खुशि भएको छन् । स्थानीय पदम टमटाले सरकारले घर निर्माण गरि दिन थालेपछि आफुहरु हर्षित भएको बताए ।


उनले पक्कै घर बनाउन नसक्दा झुप्रोमा बस्न बाध्य हुनु परेको बताउदैँ घर निर्माणपछि सुरक्षीत बास पाउने आशा व्यक्त गरे ।
त्यस्तै अर्का स्थानीयले नरेश नेपालीले पनि लामो समयपछि आफै घर निर्माण गर्न पाउँदा हर्षित भएको बताए ।

‘कच्ची घरमा बस्दा हावाहुरी, सर्प किराको डर हुन्थ्यो ।’ उनले भने ‘अब पक्की घर बन्दैँ छ, बस्नलाई सुरक्षित हुन्छ ।’
मुक्ती शिविरका स्थानीय घर नहुदाँ कच्ची घरमा बस्दैँ आएका थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्