सुत्नका लागि कस्तो पोजिसन उचित ?

सुत्नु पनि जीवनशैलीकै एउटा हिस्सा हो । हामी कसरी सुत्छौं वा कुन आसनमा सुत्छौं, कतिबेला सुत्छौं भन्ने कुराको सोझो सरोकार हाम्रो स्वास्थ्यसँग रहन्छ । सबैजनाको सुत्ने स्थिति एकनास हुँदैन । कोही कोल्टो परेर सुत्छन्, कोही उत्तानो, कोही घोप्टो परेर । सुत्ने समय पनि एकरुपता पाइँदैन । कोही राती चाडै सुत्छन्, कोही अबेरसम्म बस्छन् ।

स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ ।

निद्रा गहिरो हुनुपर्छ । र, गहिरो निन्द्रा पाउन मानसिक र शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्छ । सुत्ने ओछ्यान, वातावरण, पोजिसन आदिले पनि हाम्रो निन्द्रलाई प्रभावित तुल्याउन सक्छ ।

राम्रो निन्द्राका लागि सुत्नुअघि हल्का व्यायाम, प्राणायाम लाभदायक हुने बताइन्छ । गहिरो सास लिने र छाड्ने प्रक्रियाले पनि निकै फाइदा गर्छ ।

कसरी सुत्ने ?

वास्तु विज्ञान अनुसार पूर्व वा उत्तर दिशातर्फ शिर राखेर सुत्नु राम्रो हो । सुताईको पोजिसन र पृथ्वीको चुम्बकिय प्रभावले पनि हाम्रो स्वास्थ्यलाई असर गर्छ । सुत्दा धेरै अग्लो सिरानी राख्न हुँदैन ।

कस्तो पोजिसन उचित ?

बायाँतर्फ ढल्किएर सुत्नु स्वास्थ्यका लागि राम्रो हो । हुन त रातभर हामी एउटै पोजिसनमा सुत्दैनौ । यद्यपी सुत्नका लागि जब ओछ्यानमा पल्टन्छौ, तब बायाँतर्फ ढल्किएर सुत्नुपर्छ । किन त ?

यसरी सुत्दा पेट र अन्नाशयमा भोजन पचाउन सजिलो हुन्छ । यो पोजिसनमा सुत्दा अन्नाशयले खाना पचाउनका लागि इन्जाइम ठिक ढंगले निकाल्छ । त्यसले राती खाएको खाना पचाउँछ । जसलाई अपचको समस्या छ, पेटमा गडबडी छ, उनीहरुले बायाँतर्फ ढल्किएर सुत्नुपर्छ ।

कलेजोको काम बाइल जुस निकाल्नु हो, जसले गल ब्लडरमा पाचन क्रिया राम्ररी हुन पाउँछ । बायाँतर्फ ढल्किएर सुत्दा यो क्रिया ठिक डंगले हुन्छ । यसले गर्दा बोसो राम्ररी पच्छ । कलेजोमा बोसो जम्न पाउँदैन ।

बायाँतर्फ ढल्किएर सुत्दा छोटो र लामो आन्द्रालाई पनि आरम मिल्छ । यसले कब्जियतको समस्या आउन दिदैन । बिहान दिसा गरेपछि पेट सफा हुन्छ ।

बायाँतर्फ ढल्किएर सुत्दा शरीरमा जम्मा भएको टक्सिन एवं बिकार बिस्तारै बाहिर निस्कन्छ । बायाँतर्फ ढल्किदा कलेजो र पाचन प्रणालीमा असर पुग्दैन, भोजन राम्ररी पच्छ । जब खानेकुरा राम्ररी पच्छ, धेरै रोग लाग्न पाउँदैन ।

वायाँतर्फ ढल्किएर सुत्दा मुटुमा दबाव पर्दैन । किनभने यतिबेला मुटुबाट रगतको आपूर्ति धेरै मात्रामा भइरहेको हुन्छ । जब मुटु स्वस्थ्य हुन्छ, रगत र अक्सिनको आपूर्ति सजिलै हुन्छ । यसले शरीर स्वस्थ्य हुन्छ ।

यसरी सुत्दा शरीरको बिकारयुक्त पदार्थ कलेजो र मृगौलाद्वारा बाहिर निस्कन्छ । त्यसैले सुतेको बेला यसलाई धेरै दबाव हुनु हुँदैन ।

बायाँतर्फ ढल्किएर सुत्दा पेट सहि हुन्छ, थकान हट्छ, पेट फुल्दैन र शरीरका अन्य समस्या पनि हट्छ । दाहिनेतर्फ फर्केर सुत्दा भने शरीरलाई असर पुग्छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्