‘खल्ला, मुसेट्टी र टुडिखेल अब दुर्गम क्षेत्र रहदैँन’: पुर्वराज्यमन्त्री रावल

जनताका समस्या बुझ्न दुर्गम बस्ती पुग्दा पूर्वराज्यमन्त्री रावललाई बाजा बजाएर स्वागत
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश सभा सांसद प्रकाश रावलले मंगलबार भीमदत्तको दुर्गमबस्ती मानिने खल्ला, मुसेट्टी पुगे । स्थानीयका समस्या बुझ्न दुर्गमबस्तीमै पुगेपछि पुर्वराज्यमन्त्री रावलले भव्य स्वागत गरियो ।

खल्ला हुदँै खल्ला, मुसेट्टी पुगेका रावललाई स्थानीयलाई सुदूरपश्चिमको लोक बाजा दमाहा बजाएर स्वागत गरेका हन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला, मुसेट्टी र टुडिखेलमा पछिल्लो समय विकास निर्माण कार्यले गति लिन थालेको छ ।
देशमा तीनै तहका सरकार आए पछि दुर्गम क्षेत्रका रुपमा रहेका खल्ला, मुसेट्टी र टुडिखेलमा विकास निर्माणका कामले गति लिएको पुर्वराज्यमन्त्री रावलले बताए । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित सांसद रावलले मंगलवार खल्ला, मुसेट्टी र टुडिखेलमा पुगेर त्यहाँका जनतासंग साक्षात्कार गरी समस्या तथा गुनासोहरु सुने ।

यस्तै सांसद रावलले सो क्षेत्रमा सम्पन्न विकास तथा निर्माणाधीन विकास आयोजनाको अनुगमन समेत गरे । रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने खल्ला, मुसेट्टी, टुडिखेलबासीलाई भेटको क्रममा उनले अब यो क्षेत्र दुर्गम नरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘चुनावताका बेला यहाँ बाटोघाटो, बिजुली, सञ्चार सेवा, खानेपानी केही थिएन । यहाँका जनतालाई निकै समस्या थियो । तर अहिले यो समस्या विस्तारै हट्दै गएको छ ।’ उनले भने, ‘अब यो ठाउँ दुर्गम क्षेत्र रहनेवाला छैन् ।’

उनका अनुसार ती दुर्गम ठाउँलाई सञ्चारमा जोड्नका लागि टुडिखेलमा नेपाल टेलिकमको टावर जडान भएको छ । विद्युत्तका लागि ट्रान्सफरमर जडान, पोल हालेर तार तान्ने काम पनि भएको उनको भनाई छ ।


‘दशैँ अगाडि बिजुली बाल्ने गरेर काम भइरहेको थियो तर दुर्घटना भएर केही अवरोध ग(यो । अहिले २ ठाउँमा ट्रान्सफरमर जडान गरिएको छ । टुडिखेल छुटेको रहेछ यहाँ पनि जोडिन्छ ।’ उनले भने, ‘यसपालीको तिहारमा बिजुली बाल्न पाउने गरी काम गराउँछाँै ।’
महाकाली करिडोर निर्माण पश्चात् खल्ला–मुसेट्टी–‘टुडिखेलले विकासमा कायापलट नै गर्ने उनको विश्वास छ । ‘महाकाली करिडोरका लागि ईआइए नभएर काम रोकिएको थियो । हामीले त्यो गराउन सफल भएका छौँ । अब गड्डाचौकीबाट ब्रह्मदेव, खल्ला–मुसेट्टी–टुडिखेल भएर करिडोर बने पछि यो क्षेत्रले विकासमा कायापलट गर्छ ।’ उनले भने, ‘यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना छ ।’


लालपूर्जाविहिन त्यहाँका स्थानीय बासिन्दालाई लालपूर्जा उपलब्ध गराइने सासंद रावलको भनाई छ । ‘भूमि व्यवस्थापन आयोग बन्दै छ । त्यो बने पछि लालपूर्जाको समस्या पनि समाधान हुन्छ ।’ उनले भने । यस्तै सिँचाई तथा खानेपानीको समस्या पनि छिट्टै समाधान हुने उनले विश्वास व्यक्त गरे ।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले तीनै तहका सरकारको पहलमा भौगोलिक रुपले विकट क्षेत्र भए पनि विकासले गति लिइरहको बताएका छन् ।
महाकाली नदी र खहरे खोलाले निकै सताउने गरेको बताउँदै उनले यो समस्या समाधानका लागि प्रदेश र संघ सरकारले सघाउनु पर्ने माग गरे । ‘महाकाली नदीले डुवान हुन्छ । डुवानको समस्याबाट छुटकारा पाउन खल्लामुसेट्टीदेखि ब्रह्मदेवसम्म बाध निर्माण गर्नु जरुरी छ ।’ उनले भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्