सेती प्रादेशिक अस्पतालले संक्रमितको उपचार गर्दा शुल्क नलिने

धनगढी, ४ कार्तिक । सेती प्रादेशिक अस्पतालले संक्रमितको उपचार गर्दा शुल्क नलिने भएको छ । सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा जोशिले सामाजिक सन्जाल मार्फत संक्रमितको उपचार गर्दा शुल्क नलिने बताएका छन ।

स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले शुल्क लिन निर्देशन दिएपनि सेति प्रादेशिक अस्पताले भने नलिने बताएको छ ।

सरकारले आर्थिक रुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च तिर्नु पर्ने बताएको छ ।

परीक्षण र उपचार गर्ने भनिएका व्यक्तिहरुको कोरोना बीमा गरिएको भए बीमा रकमबाट उपचार खर्च बेहोरिने बताएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्