सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा दर चैत ११ अघिको

काठमाडौं: सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने व्यवस्थासहित भाडा पनि चैत ११ अघिकै कायम गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता पार्वत गुरुङले सार्वजनिक छोटो, मध्यम र लामोदुरीका यातायातले सबै सिटमा यात्रु राख्‍ने पाउने जानकारी दिए। उनले भाडा पनि चैत ११ गते अघिकै कायम गरिएको पनि बताएका छन्।

लकडाउनका कारण धरापमा परेको सार्वजनिक यातायात खुलाउने निर्णय गर्दै सरकारले यसअघि क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने निर्णय गरेको थियो। त्यसका साथै ५० प्रतिशत बढी भाडा लिन पाउने पनि व्यवस्था सरकारले गरेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्